हिमाल सफाइ गर्दा सेनाले फेला पार्‍यो 'नाइन एन-एसीआर' हेलिकप्टरको अवशेष

काठमाडौं। नेपाली सेनाले 'सफा हिमाल अभियान २०२१' अन्तर्गत फोहोर संकलन गर्ने क्रममा धवलागिरी हिमालको बेसक्याम्पनजिक 'नाइन एन-एसीआर' हेलिकप्टरको अवशेष फेला पारेको छ। बेसक्याम्पको एक किलोमिटर इटाली बेस क्याम्पतर्फ अवशेष फेला परेको हो। अवशेष सन् २००६ मा दुर्घटना भएको एयर डायनेस्टी हेलिकप्टरको भएको जनाइएको छ। बेसक्याम्पदेखि २०० मिटर दक्षिणतर्फ २ वटा मानव अवशेषसमेत फेला पारेको छ।

सम्बन्धित सामग्री

कोकाकोला र नेपाली सेनाको हिमाल सफाइ अभियानको प्रगति ५० प्रतिशत

काठमाडौं (अस) । नेपाली सेनाको संयोजनमा सरकारले सुरु गरेको हिमाल सफाइ अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र अमादब्लामलगायत ६ वटा हिमालयबाट फोहोर संकलनको आधा काम पूरा गरेको छ । यो अभियानमा पेय पदार्थ ब्रान्ड कोकाकोलाको सहभागिता छ । यो टोलीमा अनुभवी शेर्पा सदस्य र नेपाली सेना गरी ११२ जना सदस्य रहेका छन् । २०२१ अप्रिल १३ मा सुरु भएको अभियानअन्तर्गत हालसम्म ६ वटा हिमालयबाट २१,१६७ किलोग्राम फोहोर संकलन गरिएको नेपाली सेनाले जनाएको छ । टोलीले संकलन गरेको फोहोमा खारेज गरिएको अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्ट, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, आल्मुनियम, इलेक्ट्रानिक फोहोर समावेश छन् । यसबाहेक पहिला दुर्घटना भएको ९एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेष पनि धौलागिरि टोलीले फेला पारेको छ । मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धान सुरु गरिएको सेनाले बताएको छ । हिमाल सफाइ अभियान २०७८ का मिडिया को–अर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दीपक भण्डारीका अनुसार ६ वटा हिमाल सफा गर्ने उदेश्यले अभियानमा खटाइएको टोलीले स्थानीय सरकारसँगको  समन्वयमा रहेर फोहोर संकलन गरिरहेको छ । अभियानको लक्ष्य भनेको प्रकृति र वातावरण संरक्षण गरेर ६ वटा हिमाल सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नु रहेको भण्डारीले जानकारी दिए । फोहोर संकलन सम्पन्न भएपछि संकलित फोहोर थप रिसाइक्लिङका लागि सम्बन्धित कम्पनीलाई हस्तान्तरण गरिने नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले बताए ।

धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटियो

१७ वैशाख, काठमाडौं । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले बिहीबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए । १५ वर्षअघि धौलागिरि हिमालमा दुर्घटना भएको एयर डाइनेस्टीको […]

१५ वर्षअघि दुर्घटना भएको हेलिकप्टरसहित सेनाले भेट्टायो दुई शव

काठमाडौं : १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर धौलागिरी हिमालको बेस क्याम्पमा भेटिएको छ। नेपाली सेनाको टोलीले दुई वटा शवसहित हेलिकप्टर फेला पारेको हो। बुधबार धौलागिरी बेस क्याम्पनजिकै हेलिकप्टर र दुई वटा शव फेला पारेको सेनाले जनाएको छ। उक्त हेलिकप्टर सन् २००६ मा दुर्घटना  भएको थियो। सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार हिमाल सफाइ अभियानका क्रममा सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको जानकारी दिए।ती शव हेलिकप्टरमा सवार व्यक्तिको हो वा हैन