गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, १५ चैत्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेका थिए । भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मलेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशहरुमा […]

सम्बन्धित सामग्री

संघभित्र विवाद समाधान भएपछि एनआरएनए प्रतिनिधिले भेटे परराष्ट्रमन्त्री साउद

काठमाडौं, ३ असार । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री एन.पी साउदसँग भेट गरेको छ । भेटमा संघका कार्यकारी अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघ र १०औँ महाधिवेशनपछि असन्तुष्ट पक्षबीच भएको एकताको सहमतिबारे जानकारी गराएका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री साउदले एकताको सहमति अत्यन्तै सकारात्मक भएको भन्दै खुशी व्यक्त […]

लिङदेनसँग एनआरएनएका पदाधिकारीको भेट

नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले भेट गरेका छन् । बुधबार दिउँसो सिंहदरवारस्थित मन्त्री लिङदेनकै कार्यकक्षमा एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेट गरेका छन् । भेटका क्रममा आफ्ना मुद्धाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङदेनलाई पनि जानकारी गराइएको अध्यक्ष थापाले बताइन् । गैरआवासीय नेपाली संघले […]

एनआरएनए कतार र राजदूत ढकालबीच श्रमिकका समस्याबारे छलफल

७ भदौ, काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी), कतारको टोलीले राजदूतसँग शिष्टाचार भेट गरेको छ । नवगठित एनआरएनए एनसीसीका अध्यक्ष सुरेश भट्टको नेतृत्वको टोलीले कार्यालयमै पुगेर राजदूत डाक्टर नरेशविक्रम ढकालसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा राजदूत ढकालसँग कतारमा रहेका नेपाली श्रमिकहरूका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरणबारे छलफल […]

ओली र खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट

गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग अलगअलग भेटघाट गरी हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा  उठेका विभिन्न सवालका बारेमा जानकारी गराएको छ । एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालको उनीहरुसँग सहकार्य र समन्वय गरिदिन आग्रह गरेको छ । अध्यक्षद्वयलाई बुझाइएको पत्रमा संसद्मा विचाराधीन ग

एनआरएनएका पदाधिकारीले भेटे प्रचण्डसँग

गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए ।उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम

एनआरएनएको नयाँ टिम खुमलटारमा, प्रचण्डले गरे प्रशंसा

१५ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेका नवनिर्वाचित पदाधिकारीलाई उनले बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । एनआरएनएको नेतृत्व चयनमा विवाद देखिएको छ । प्रचण्डले आफ्ना निवासमा आएका समूहतर्फ नै […]

लगानीको लागि सहज वातावरण बनाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे । उनले कम्पनी दर्तामै अनेक झन्झटहरू रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए । यस्तै विदेशीले ५ कर

नागरिकताका सम्बन्धमा कानून मन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकताका सम्बन्धमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको प्रतिनिधि मण्डलको कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग भेट गरी सो सम्बन्धमा ध्यानाकर्षण गराएको हो । सो अवसरमा मन्त्री कार्कीले नागकिता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको भन्दै अन्य मिल्न बाँकी असहमतिलाई टुंग्याएर …

१० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गरिदेउः एनआरएनए

काठमाडौं।गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तको प्रतिनिधिमण्डलले आज उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनकुमार पोखरेलसँग भेट गरेको छ।भेटमा अध्यक्ष पन्तले नेपाल विकास कोषमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितता गर्न आग्रह गरेको एनआरएनएले जनाएको छ।उक्त कोषमा नेपाल सरकारको पनि ५ प्रतिशत लगानी रहने छ। कोषलाई बृहत्तर रुपमा अघि बढाउन सरकारसँगको सहकार्य आवश्यक रहेको उनले बताएका थिए।