नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या निर्धारण गरेको छ ।
बिहीवार बसेको बैठकले १ हजार ५३६ प्रतिनिधि सहभागी हुने निर्णय गरेको प्रवक्ता तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
कूल संख्यामध्ये १ हजार १९६ प्रतिनिधि भूगोलबाट चुनिएर आउने जनाइएको छ ।
प्रवक्ता ज्ञवालीका अनुसार हरेक निर्वाचन क्षेत्रबाट ३३ प्रतिशत अर्थात् ३ जना महिला सहभागी हुनेछन् । महाधिवेशन प्रतिनिधिमा ४९ प्रतिशत संख्या खुला र ५१ प्रतिशत समावेशी प्रतिनिधि निर्वाचित हुने ज्ञवालीले जानकारी दिए ...