बलेवा विमानस्थलमा कालोपत्रको काम अन्तिम चरणमा

बागलुङ । धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल शुरू भएको छ । बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान गर्न प्रस्ताव गरेकाले काम सकिनेबित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरूसँग पनि कुराकानी भइरहेको छ’, उनले भने, ‘हामी बनेको पूर्वाधारको यथेष्ट उपयोग गर्छौं, त्यसका लागि पहल भइरहेको छ ।’ नेकपा एमालेका नेता लीलबहादुर थापाले बलेवा विमानस्थल पुनर्निर्माणको काम तत्काल सम्पन्न गरी उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराएका छन् । मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर बागलुङका पूर्वजिल्ला सभापतिसमेत रहेका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुनर्निर्माण काम तत्काल सम्पन्न गरी नियमित उडानको तयारी थाल्न ध्यानाकर्षण गराएका हुन् । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुनर्निर्माणपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गराएका थिए । छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्माणाधीन कालीगण्डकी कोरिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोटर््सका रूपमा अघि बढाउन सके धवलागिरि क्षेत्रकै मुहार फेरिने धारणा राखेका थिए । २०७७ फागुन मसान्तसम्म एक वर्षमा सक्नेगरी काम शुरू भएको विमानस्थल कालोपत्रको काम कोरोना महामारीका कारण प्रभावित हुँदा दुई वर्षमा सकिँदै छ । आउँदो चैतसम्म विमानस्थल कालोपत्रको काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले जानकारी दिएको छ । निर्माण कम्पनीका अनुसार आवश्यक पूर्वाधारको काम सकिएकाले कालोपत्रको काम मात्रै २० दिनमा सकिन्छ । तापक्रमले साथ दिएमा पुस मसान्तभित्रै विमानस्थल कालोपत्र हुने निर्माण कम्पनी काष्ठमण्डप एन्ड उमा जेभीले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

‘एनसेल प्रकरणको छानबिन अन्तिम चरणमा’

दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद–बिक्री प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । कानुनविपरीत सेयर खरिद–बिक्री तथा स्वामित्व हस्तान्तरण प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको सञ्चार तथा सूचना...

वीरेन्द्र सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा

विराटनगर–७ स्थित वीरेन्द्र सभागृहको जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको छ। सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए।...

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।...

कपिलवस्तुमा निर्वाचनको तयारी अन्तिम चरणमा

जिल्लामा मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

जनगणनाको तयारी अन्तिम चरणमा

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि अन्तिम चरणको तालिम सुरु भएको हो । ७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ । देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको […]

‘काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। ‘मलाई प्राप्त जानकारीअनुसार...

धान रोपाइँ अन्तिम चरणमा

१८ साउन, काठमाडौं । यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । साउन तेस्रो साता सुरु हुँदा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । देशभरको रोपाइँ अन्तिम चरणमा पुगेको विभागका सूचना अधिकारी डाक्टर महादेवप्रसाद पौडेलले जानकारी दिए । ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाईं सम्पन्न भएको छ, अन्य प्रदेशमा छिटफूट […]

एमाले एकता अन्तिम चरणमा

एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको विघटित कार्यदलका सदस्यहरुको भनाइ छ । ‘एकताको काम अन्तिम चरणमा पुर्याएका छौं,’ कार्यदलका एक सदस्यले भने,‘ एकताको अस्त्र के हो भन्ने अहिले नै सार्व

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बजेट निर्माण अन्तिम चरणमा

काठमाडौं। अर्थमन्त्रालयले बजेट निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। यही जेठ १५ गते प्रतिनिधिसभामा बजेट पेस गर्नुपर्ने हुन्छ। यस अवस्थामा अब बजेट प्रस्तुत गर्न जम्मा १५ दिन बाँकी छ। यस्तो अवस्था बजेट निर्माणको अधिकांश काम अन्तिम चरणमा पुगेको अर्थमन्त्री विष्णु पौडेलले बताए।