घट्दो थोक व्यापार

सरकारले आयात निरुत्साहन गर्ने नीति लिएसँगै वैदेशिक व्यापारमा सुधार देखिएको छ । तर, कतिपय उपभोग्य वस्तुको भने माग घटेको छ । एकातिर आयात कम हुँदा सरकारको राजस्व घटेको छ भने अर्कातिर थोक बजार सुस्ताउँदा आम्दानी गुमिरहेको छ । अर्थतन्त्रलाई सही गति दिन सबै पक्षमा समान सुधार हुन जरुरी देखिन्छ । सरकारले आयात निरुत्साहन गर्न लिएको कडा नीतिका कारण आयात घट्यो तर भन्सारमा आधारित राजस्व हुँदा परिणामस्वरूप राजस्व नै घट्यो । यसबाट सरकारलाई स्रोत व्यवस्थापन गर्न कठिन बनेको छ ।  यस्तोमा थोक विक्री घट्नु अर्थतन्त्रमा समस्याको संकेत हो । थोक र खुद्रा विक्री क्षेत्रमा पनि धेरैले रोजगारी पाएका छन् । यसले अर्थतन्त्रलाई निकै गति दिएको पनि छ । अहिले ३५ प्रतिशतसम्म थोकविक्री घटेको व्यवसायीको भनाइ छ । थोक विक्री मात्र होइन, अहिले मुख्य शहरका ३५ प्रतिशत शटर खाली देखिएको पनि व्यवसायीले बताइरहेका छन् । नयाँ शटर भाडामा गइरहेको छैन भने भाडामा गएका शटर पनि धमाधम खाली हुन थालेका छन् । बजारमा माग घट्नुको कारण के हो भन्नेमा सरकार अन्योलग्रस्त देखिन्छ । सरकार कहिले अर्थतन्त्रमा सुधार आएको छ भन्छ त कहिले संकटमा छ भन्छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्कंदै गरेको बताउँदा राष्ट्रिय तथ्यांक कार्यालयले भने आर्थिक वृद्धिदर निकै कम हुने प्रक्षेपण सार्वजनिक गरेको छ ।  अर्थतन्त्रको बाह्य पक्ष सन्तुलित देखिनुमात्रै अर्थतन्त्र सकारात्मक हुनु होइन । मुलुकमा उत्पादनको अवस्था कस्तो रह्यो, रोजगारी कति सृजना भयो, अर्थतन्त्र कति विस्तार भयो भन्ने कुराले अर्थतन्त्रको गति र दिशा तय गर्छ । अहिले मागमा आएको कमीले जनताको खर्च गर्ने सामथ्र्य घटेको छ भन्ने देखाउँछ । यसको अर्थ आम्दानी घटेको छ र महँगी बढेको छ भन्ने हो । राष्ट्र बैंककै तथ्यांकले महँगीलाई लक्षित सीमामा राख्न नसकेको देखाउँछ ।  यसरी समग्रमा हेर्दा नेपालको अर्थतन्त्रमा कहीँ न कहीँ समस्या छ भन्ने देखाउँछ । तर, सरकार न समस्या अस्वीकार गर्न सक्छ न समस्याको गहिराइ पत्ता लगाएर समाधानको पहल गर्न सक्छ । यसले अर्थतन्त्रको आगामी दिशा झनै अन्योलपूर्ण रहने देखाउँछ ।

सम्बन्धित सामग्री

वैदेशिक व्यापार घाटा व्यहोर्दै देश

विगत केही वर्षको वैदेशिक व्यापार :  नेपालको वैदेशिक व्यापार सुरुदेखि  सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य देश भएपछि...

वैदेशिक व्यापार र चीनसँगको असहजता

वैदेशिक व्यापार देशको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ हो । खुला तथा उदार व्यापार नीति अवलम्बन गरेको दशकौं बितिसके पनि नेपालमा यस किसिमको नीतिको सकारात्मक प्रभाव पर्न र मुलुकले अपेक्षित रूपमा व्यापार उदारीकरणको लाभ लिन सकेको छैन । उत्तरी छिमेकी चीनसँगको व्यापार नेपालका लागि आर्थिक र सामरिक दुवै हिसाबले महŒवपूर्ण रहेको छ । तर, […]

अधिकांश मुलुकसँगको व्यापार घाटामा

नेपालले १२९ वटा मुलुकसँग व्यापार घाटा बेहोरेको छ । वैदेशिक व्यापार हुने १५२ मुलुकमध्ये नेपालले चालू आर्थिक वर्षको सात महिनामा १२९ मुलुकसँग घाटा बेहोरेको हो ।२३ वटा मुलुकसँग भने नेपालको व्यापार नाफामा छ । अफगानिस्थान, अल्जेरिया, अजरवैजान, बरमुडा, घाटा मल्टा, अफ्रिकन रिपब्लिकालगायत अन्य मुलुकमा मात्र व्यापार नाफा छ । ती मुलुकबाट आयात कम भई निर्यात […]

भयावह बन्दै व्यापार घाटाः बजेटभन्दा व्यापार घाटा बढी हुने निश्चित

काठमाडौं, माघ १० । स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ। व्यापार घाटा मुलुकको कुल बजेटको आकारभन्दा ठुलो हुने देखिएको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कुल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको छ। ६ महिनामै व्यापार घाटा करिब ९ खर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा […]

सुनचाँदीको उत्साहजनक व्यापार

काठमाडौं, कात्तिक २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो । उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । […]

व्यापार घाटाको चिन्ता र चुनौती

हरेक वर्ष व्यापार घाटा बढ्दो छ । हरवर्षझैं यो आर्थिक वर्ष (आव २०७८-०७९) पनि व्यापार घाटा उच्च दरले बढेको छ । अघिल्लो वर्षभन्दा व्यापार घाटा एकतिहाइभन्दा बढी प्रतिशतले बढेको छ । आव २०६९-०७० मा व्यापार घाटा रु. ५ खर्ब २४ अर्ब थियो । एक दशककै बीचमा नेपालको व्यापार घाटा १३ गुणाले बढेको छ । नेपालभित्रै […]

चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं, भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि […]

नेपालको १५६ भन्दा बढी देशसँग व्यापार, २३ देशसँग मात्र व्यापार नाफा

काठमाडौं। भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विश्वका १५६ भन्दा बढी देशसँग व्यापार गरेको छ। व्यापार गरेकामध्ये मात्र २३ वटा देशसँग व्यापार नाफा रहेको छ। बाँकी १३३ भन्दा बढी देशसँग नेपालको व्यापार घाटा रहेको छ। पछिल्लो १० महिनामा नेपालले १२ खर्ब ५४ अर्बको आयात र १ खर्ब ८ अर्बको निर्यात गरेको छ।

नेपालको १५६ भन्दा बढी देशसँग व्यापार, २३ देशसँग मात्र व्यापार नाफा

काठमाडौं। भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा विश्वका १५६ भन्दा बढी देशसँग व्यापार गरेको छ। व्यापार गरेकामध्ये मात्र २३ वटा देशसँग व्यापार नाफा रहेको छ। बाँकी १३३ भन्दा बढी देशसँग नेपालको व्यापार घाटा रहेको छ। पछिल्लो १० महिनामा नेपालले १२ खर्ब ५४ अर्बको आयात र एक खर्ब ८ अर्बको निर्यात गरेको छ।

चीनसँगको व्यापार खस्किँदै

विज्ञ भन्छन्– कूटनीतिक प्रयास प्रभावकारी भएनदक्षिणी छिमेकी भारतसँग नेपालको व्यापार बढ्दै गए पनि उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापार भने घट्दै गएको छ ।चीनसँग आयात–निर्यात हुने नाका नियमति रुपमा खुला नहुँदा व्यापार क्रमिक रुपमा ऋणात्मक हुँदै गएको हो । कोरोना महामारीको असर ले रसुवाको केरुङ नाका लामो समयदेखि बन्द भएर हालै खुला भएको छ । सिन्धुपाल्चोकको […]