धमाधम विद्यार्थीविहीन हुँदै छन् त्रिविका विभाग

काठमाडौं : ३५ वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनै वेला वार्षिक ३०० विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन्। बुधबारको गोरखापत्रमा समाचार छ, बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन्। एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेखे, &lsquo

सम्बन्धित सामग्री

त्रिविका उपकुलपति बास्कोटा बिदा हुँदै

काठमाडौं ।  चार वर्षे कार्यकाल सकेर बिदा हुन लागेका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आफ्नो कार्यकालमा बजारमुखी स्वरोजगारमूलक तथा देशको आवश्यकताअनुसारको जनशक्ति उत्पादन गर्न अध्ययन संस्थानहरूमा २१ र संकायहरूमा १७ वटा कार्यक्रमहरू थप गरिएको बताउनुभएको छ । कार्यकाल सकिन दुई दिनअघि बुधबार पत्रकार सम्मेलन गरी उपकुलपति प्राडा बास्कोटाले आफ्नो कार्यकालमा सम्पन्न भएका र सुधार […]

स्ववियु चुनावमय बन्यो देश, सबैतिर धमाधम मतदान हुँदै

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मतदान सुरु भएको छ। त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा बिहान ८ बजेपछि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ। स्ववियु निर्वाचनका लागि क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ।

त्रिविको दीक्षान्तमा पत्रकारलाई प्रवेश दिइएन

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ।शुक्रबार पुलचोकमा हुँदै गरेको दीक्षान्त समारोहमा नेपाल टेलिभिजनबाहेक अन्य संचार संस्थालाई प्रवेश निषेध गरिएको हो।समाचार संकलन गर्न पुगेका पत्रकारहरू मूलगेटबाट फर्किन बाध्य भएका छन्। आज त्रिविका करिब ११ हजार विद्यार्थी दीक्षित हुँदै छन्।

मंसिर १ देखि ५ गतेसम्म त्रिविका सबै क्याम्पसमा बिदा

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले मंसिर १ गतेदेखि ५ गतेसम्म सबै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको छ।त्रिविले शुक्रबार एक सूचना जारी गर्दै आसन्न निर्वाचनका कारण बिदा दिने निर्णय भएको जनाएको हो।निर्वाचनका लागि मतदान केन्द्र राखिएका कतिपय क्याम्पस/कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएका र मत गणना केन्द्र समेत राखिएकाले बिदा दिने निर्णय भएको त्रिविले जनाएको छ।मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ।

तालाबन्दीका कारण त्रिविका शिक्षक, कर्मचारीले तलब–भत्ता पाएनन्

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले तालाबन्दीका कारण तलब भत्ता बुझ्न नपाएको तथा सरुवा/बढुवा पनि ठप्प भएको गुनासो गरेका छन् । त्रिभुवन विश्वविद्यालयका विभिन्न १३ वटा शाखाले आज साेमवार सामूहिक विज्ञप्ति निकालेर विश्वविद्यालयलाई सधैँका लागि शान्ति क्षेत्रका रूपमा विकास गर्न पहल गरिदिन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् । निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीका न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवम् दैनिक प्रशासनिक कार्यहरू सहजरूपमा सञ्चालन गर्न कठिन भएक...

माघ ७ देखि स्थगित त्रिविका सबै परीक्षा फागुन १ गतेदेखि

काठमाडौं, माघ २१ । त्रिभुवन विश्वविद्यालयका गत माघ ७ गतेदेखि स्थगित सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्। कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुन लागेका हुन् । परीक्षा सुधार समीतिले स्थगित परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले फागुन १ […]

त्रिविका परीक्षा फागुनभित्र सक्ने

कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न रोकिएका सबै परीक्षा फागुन १ गतेदेखि सञ्चालन गर्ने त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले जनाए।...

त्रिविका रोकिएका सबै परीक्षा साउनदेखि भौतिक उपस्थितिमै हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी थालेको छ।संक्रमण जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताए।दाहालका अनुसार वैकल्पिक विधिबाट भने परीक्षा सञ्चालन गरिने छैन। ‘अनलाइन विधिबाट परीक्षा हुँदैन,' उनले भने, ' काठमाडौंका विद्यार्थीले अनलाइन फारम त भर्न सकेनन्,परीक्षा झन् कसरी दिन्छन्? त्यसैले भौतिक उ

मंगलबारदेखि त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि (मंगलबार) बाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सोमबार बसेको त्रिवि बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा रोक्ने निर्णय गरेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले थाहाखबरलाई जानकारी दिए।‘आज भने परीक्षा सञ्चालन गरिसक्यौँ,’उनले भने,‘भोलिबाट परीक्षा हुँदैन,यहाँबाट सञ्चालित सबै संकायको परीक्षा रोक्ने निर्णय गरेका छौं।’ एकसाता अघिबाट मानविकी,व्यवस्थापन,शिक्षा संकायको वार्षिक परीक्षा सञ्