काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले तालाबन्दीका कारण तलब भत्ता बुझ्न नपाएको तथा सरुवा/बढुवा पनि ठप्प भएको गुनासो गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका विभिन्न १३ वटा शाखाले आज साेमवार सामूहिक विज्ञप्ति निकालेर विश्वविद्यालयलाई सधैँका लागि शान्ति क्षेत्रका रूपमा विकास गर्न पहल गरिदिन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।
निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीका न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवम् दैनिक प्रशासनिक कार्यहरू सहजरूपमा सञ्चालन गर्न कठिन भएक...