अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता टोलीबीच छलफल

४ असोज, काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुन सक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुन सकेको छैन । भोलि (बुधबार) फेरि वार्ता गर्ने गरी आजको छलफल सकिएको छ । ९ दिनदेखि […]

सम्बन्धित सामग्री

डा. गोविन्द केसी र सरकारबीच दश बुँदे सहमतिः के छ द्विपक्षीय समझदारीमा?

काठमाडौंः सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।  सहमतिसँगै केसीले अनशन तोडेका छन्।  दुई पक्षबीच स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ।…

सरकारसँगको सहमतिपछि अनसन तोड्दै डा. केसी

काठमाडौँ – विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ। कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो। उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए। वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र […]

अनसनरत डा केसी र सरकारबीच ७ बुँदे सहमति

काठमाडौं – विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन सुरु गरेका डा केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए । वार्ताका लागि सरकारले प्रधानमन्त्री […]

डा गोविन्द केसी पक्ष र सरकारबीच यी तीन विषयमा कुरा नमिल्दा लम्बिरहेछ वार्ता

वार्ता टोलीमा सहभागी एक सदस्यका अनुसार मुख्य तीन विषयमा अझै कुरा मिल्न सकेको छैन। 'अन्य विषयमा लगभग सहमति जस्तै भए पनि तीन वटा विषयमा भने कुरा नमिल्दा वार्ता लम्बिएको हो', ती सदस्यले भने।

डा गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आज पनि वार्ता

अनशनरत डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीच आज पनि वार्ता सुरु भएको छ।

सरकार र डा. गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सातबुँदे माग २० औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता भइरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, शिक्षा तथा स्वास्थ्य सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन् ।  डा....

डा. केसी पक्ष र सरकारबीच पहिलो चरणको वार्ता निष्कर्ष विहीन

२ असोज, काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २० औं पटक अनशनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारपक्षबीच भएको वार्ता बिना निष्कर्ष टुगिएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा कुनै सहमति नभएपछि थप गहृकार्य गरेर सोमबार अर्को चरणको वार्ता गरिने डा. केसीका सहयोगी प्रितम सुवेदीले जनाकारी दिए । प्रधानमन्त्री तथा […]

गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

धनगढीमा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ३ बजेदेखि वार्ता सुरु भएको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।यता धनगढीमा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत भदौ २७ गतेदेखि अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक बनेको हो । २० औं पटकको अनशनमा बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । हाल उनको अवस्था गम्

डा. गोविन्द केसी र सरकार पक्षबीच वार्ता जारी, बुँदागत छलफल हुँदै

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनशनमा बसेका डा. गोविन्द केसी पक्ष र सरकारपक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा रहेको वार्ता टोलीमा सरकारको तर्फबाट शिक्षासचिव, स्वास्थ्यसचिव सहभागी छन् । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय...

सत्याग्रहका लागि डा. गोविन्द केसी धनगढीमा

सत्याग्रहका लागि चिकित्सा शिक्षा अभियन्ता प्रा.डाक्टर गोविन्द केसी धनगढी पुगेका छन् । आजै साँझदेखि सत्याग्रह थाल्ने उनले जनाएका छन् । उनको यो २० औं अनसन हो । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहको तयारीमा छु ।’ धनगढी विमानस्थलबाट जिल्ला समन्वय समिति कैलाली पुगे