सत्याग्रहका लागि चिकित्सा शिक्षा अभियन्ता प्रा.डाक्टर गोविन्द केसी धनगढी पुगेका छन् । आजै साँझदेखि सत्याग्रह थाल्ने उनले जनाएका छन् । उनको यो २० औं अनसन हो । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता (भदौ २८) सम्मको अल्टिमेटम दिएका थिए । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहको तयारीमा छु ।’ धनगढी विमानस्थलबाट जिल्ला समन्वय समिति कैलाली पुगे