भारत सरकारले दुईवटा कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको छ । औषधि नियन्त्रण महानिर्देशनालयले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको हो ।