सुर्खेत : कर्णालीका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकहरुलाई दैनिकी चलाउन मुस्किल भएको छ।सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका राउटे समुदायलाई निषेधाज्ञाका कारण खाद्यान्नको जोहाे गर्न समस्या परेको हो।कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै सुर्खेतमा पूर्णरुपमा एक महिनादेखि निषेधाज्ञा जारी हुँदा राउटे समुदायलाई परिवारको पेट पाल्नका लागि खाद्यान्न जोहो गर्न समस्या उत्पन्न भएको हो। गाउँमा जाँदा पनि पहिलेको