नेपालकी पुष्पा भण्डारी बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा च्याम्पियन भएकी छन्। ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै पुष्पा च्याम्पियन भएकी हुन्।
नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा लगातार पदक जितेर ह्याट्रिक गरेकी छन् । ढाकामा शुक्रबार भएको ढाका म्याराथन २०२३ मा पुष्पाले स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामो उनको यो तेस्रो पदक हो । यसअघि सन् २०२१ मा स्वर्ण जितेकी पुष्पाले गत वर्ष २०२२ मा कांस्य जितेकी थिइन् ।
सल्यान : बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुकेले कास्य जितेकी छन्।
उनले ४२ दशमलव १९५ किलोमिटरको निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम भएकी हुन्।
श्रीलंकाकी खेलाडी दोस्रो भइन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तृतीय हुन सफल भएकी छन्। मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्ड र वृन्दाले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरे।
...
बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन् ।पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए । त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन्
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले बंगलादेशमा आयोजना हुन लागेको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२२ मा सहभागी हुने नेपाली म्याराथन टोलीलाई बिदाई गरेको छ । मन्त्रालयले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले तीन खेलाडी र एक प्रशिक्षकसहित चार सदस्यीय टोलीलाई सफलताको शुभकामासहित बिदाई […]
काठमाडौं : बंगलादेशमा आज सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा नेपाली एथलेट पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्।
उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। भारतीय खेलाडीले