ढाका म्याराथनमा साविक विजेता पुष्पा तेस्राे स्थानमा खुम्चिइन्

काठमाडौँ – नेपालकी धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक जितेकी छन्। सोमबार दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन्। यो विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी दुई घन्टा ५३ मिनेट […]

सम्बन्धित सामग्री

एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलको उपाधि नेपाललाई

मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

उज्वेकिस्तानलाई हराउँदै नेपाल बन्यो सेन्ट्रल जोनको च्याम्पियन

नेपाली महिला भलिबल टोली एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियन बनेको छ । साविक विजेता नेपालले आज उज्वेकिस्तानलाई हराउँदै लगातार दोस्रो संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको हो ।बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५– १० को जित निकालेको हो । नेपालले सन् २०१९ मा भएको एभिसी एसियन सेन्ट्रल जोनको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।पहिलो सेटमा १२–१७ ले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पूनरागमन गर्दै २०–१८ को अग्रता लिदै जिततर्फ अग्रसर बनेको थियो । तर, त्यसपछि लगातार अंक गुमाउँदा खेल २१–२१ को बराबरीमा पुग्यो । नेपालले ३ पटक सेट प्वाइन्टमा पुग्दै २६–२४ को रोमाञ्चक जित निकाल्यो । दोस्रो सेटमा भने कुनै पनि समय अग्रता लिन नसकेको नेपालले २४–२६ को नतिजामा चित्त बुझाउँदै सेट उज्वेकिस्तानलाई सुम्पियो । उज्वेकिस्तानका प्रशिक्षकले रातो कार्ड खाएपछि नेपालले एक अंक थप्दै खेलमा फर्किने संकेत गरेको थियो । त्यसपछि लगातार ३ अंक जोड्दै खेललाई २३–२३ को बराबरीमा पुर्याएको भएपनि नेपालले १ अंक जोड्दा उज्वेकिस्तानले २ पटक सेट प्वाइन्ट लिँदै २६–२४ ले सेट जितेको थियो । तेस्रो सेटमा ११–११ को अवस्थाबाट भने नेपालले लगातार अग्रता बनायो । लगातार ७ अंक जोड्दै नेपालले १८–११ को अवस्था सिर्जना गर्यो । र, थप ७ अंक जोड्दै २५–१५ को सहज जित निकाल्यो । प्रतिस्पर्धात्मक चौथो सेटमा १०–१० को बराबरीबाट पछि परेको नेपालले सेट २२–२५ ले गुमायो । जसका कारण खेल पाँचौ सेटसम्म लम्वियो । निकै प्रतिस्पर्धात्मक पाँचौ सेटमा ७–७ को बराबरीबाट अघि बढेको नेपाल १३–९ को अग्रता लिँदै जितको निकट पुग्यो । त्यसपछि २ अंक जोड्दै १५–१० को सेटमा च्याम्पियन बन्यो ।च्याम्पियनसिपमा कुल ६ खेलमा २१ सेट खेलेको नेपालले १८ सेटमा जित र ३ सेटमा हार ब्यहोर्यो । यस्तै श्रीलंकाले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।२३ डिसेम्वरबाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता थियो ।

किर्गिस्तानलाई हराउँदै नेपाल बन्यो अपराजित

काठमाडौं । साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । नेपाली महिला टिमले राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको हो । यो सँगै नेपाल प्रतियोगितामा लगातार दोस्रो संस्करणको फाइनलमा पुगेको छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय […]

नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार बिहान नेपाली समयअनुसार ११ः१५ बजे हुनेछ । अपराजित रहँदै फाइनलमा स्थान बनाएको नेपाली उज्वेकिस्तानलाई पराजित गर्दै अपराजित नै रहँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ । […]

नेपाल एभीसी एसियन भलिबलको फाइनलमा

काठमाडौं । लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा अपराजित रहेको नेपालले पहिलो सेटमा […]

लगातार चौथो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्जेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा […]

सेन्ट्रल जोन भलिबल – श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दै विजयी शुरुवात गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै त्यसपछिको […]

साफ च्याम्पियनशिप: साविक विजेता भारतले श्रीलंकालार्इ २-० ले हरायाे

ढाका - साविक विजेता भारतले साफ च्याम्पियनसिपको पहिलो खेलमा जित हात पारेको छ ।  बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज भएको खेलमा भारतले श्रीलंकालाई २–० ले हरायो । जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन टिम रहेको समूह बीमा भारतले तीन अंक जोडेको छ ।  खेलभरी नै श्रीलंक...