भारतीय एथलेटलाई पछि पार्दै पुष्पा भण्डारीले जितिन् स्वर्ण

काठमाडौं : बंगलादेशमा आज सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा नेपाली एथलेट पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्। उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। भारतीय खेलाडीले

सम्बन्धित सामग्री

आफ्नै कीर्तिमान सुधार्दै पुष्पाले जितिन् स्वर्ण

काठमाडौँ – बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न भएको म्याराथनमा नेपालकी पुष्पा भण्डारीले आफ्नै कीर्तिमान सुधार गर्दै स्वर्ण पदक हात पारेकी छन्। बंगबन्धु शेख मुजीव ढाका म्याराथनअन्तर्गत भएको स्पर्धामा हाफ म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले कास्य पदक हात पारे। शुक्रबार बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेण्डको समय निकाल्दै पुष्पाले दोस्रो पटक […]

फुल कन्ट्याक्ट करातेमा चार स्वर्ण पदकसहित गण्डकी प्रदेश टिम च्याम्पियन

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत फुल कन्ट्याक्ट करातेमा गण्डकी प्रदेश चार स्वर्ण पदकसहित च्याम्पियन भएको छ। गण्डकीले नेपाल आर्मीलाई पछि पार्दै चार स्वर्ण पदकसहित टिम च्याम्पियन भएको प्रतियोगिताका सहसंयोजक दीपक गोदारले जानकारी दिए। महिला ४० केजीमुनि तौल समूहको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी पुष्पा केसीले स्वर्ण पदक दिलाएकी हुन्।…

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा :  बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा स्वर्ण हात पारेकी छिन्। पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा उनले विभागीय टिमको चुनौती पन्छाउँदै स्वर्ण जितिन्। सन्तोषीले फाइनलमा नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जित्दा एपिएफकी पुष्पा भण्डारी तेस्रो बनिन्।दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी सन्तोषीले ३६ मिनेट १२.३६ सेकेन्डको समय निकाल्दै दौड पुरा गरेकी थिइन्। दोस्रो बनेकी पछाईले ३६ मिनेट २९ .४५ मा दौड सेकेन्डमा दौड पुरा गर्दा तेस्रो बनेकी पुष्पा भण्डारील

महिला १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण, भन्छिन्- इन्जुरीका बाबजुत स्वर्ण जितेँ

पाेखरा- बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा स्वर्ण जितेकी छन्। पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा शनिबार भएको फाइनलमा सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। नेपाल एपिएफकी पुष्पा भण्डारी तेस्रो बनिन्। दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी सन्तोषीले ३६ मिनेट १२.३६ सेकेन्डको समय निकाल्दै दौड पुरा गरेकी थिइन्। दोस्रो बनेकी पछाईले ३६ […]

सुदूरपश्चिमकी पुष्पाले जितिन स्वर्ण पदक

काठमाडौँ । काठमाडौँमा जारी १३ औ राष्ट्रपति रनिंग सिल्ड प्रतियोगितामा पुष्पा मडैले स्वर्णपदक प्राप्त गर्न सफल भएकी छिन् । प्रतियोगिता अन्तर्गत कराँते विधामा सुदूरपश्चिम प्रदेशकी कराँते खेलाडी मडैले फाइनलमा गण्डकी प्रदेशकी अपेक्षा थापामगरलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी हुन् । कराँतेको ४५ के जी तौल समूहबाट उनले सुदूरपश्चिमलाई स्वर्ण दिलाउन सफल भएकी हुन ।

एथलेटिक्सकी पुष्पा भण्डारी बनिन् प्रफमर अफ द इअर

८ चैत, काठमाडौं । म्याराथनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण विजेता पुष्पा भण्डारी प्रफमर अफ द इअर बनेकी छिन् । उनले बजाज पल्सर स्पोर्टस अवार्ड–२०७७ मा प्रफमर अफ द इअरको अवार्ड जितेकी हुन् । वर्ष २०७७ मा बंगलादेशको ढाका म्याराथनमा पुष्पाले म्याराथनको उपाधि जितेर कीर्तिमान कायम गरेकी थिइन् । ढाका म्याराथनमा २ घण्टा ५९ मिनेट ५४ सेकेण्डको टाइमिङसहित […]

ढाका म्याराथनमा साविक विजेता पुष्पा तेस्राे स्थानमा खुम्चिइन्

काठमाडौँ – नेपालकी धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक जितेकी छन्। सोमबार दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन्। यो विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी दुई घन्टा ५३ मिनेट […]

ढाका म्याराथन : पुष्पा, किरण र नरेन्द्रले खेल्ने

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन् ।पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए । त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन्

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

काठमाडौं । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जित्नुभएको छ । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गर्नुभएको हो । सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गर्नुभयो । सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो हुनुभयो । गत वर्ष नेपालमै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गर्नुभएको थियो । भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध हुनुहुन्छ । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौँथो हुनुभयो । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गर्नुभयो । दौडका क्रममा उहाँलाई चोट लागेपछि दौडमापछि पर्नुभएको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिनुभयो । उहाँले १३औँ सागमा भने म्याराथनमा स्वण जित्नु भएको थियो । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभयो । भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । (रासस)

बंगलादेशको बंगबन्धु म्याराथनमा पुष्पा भण्डारीले जितिन् स्वर्ण

बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन्