बंगबन्धु ढाका म्याराथन : नेपाललाई स्वर्ण र कास्य‚ पुष्पा पहिलो र वृन्दा तेस्रो

सल्यान : बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा महिलातर्फ सल्यानकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुकेले कास्य जितेकी छन्। उनले ४२ दशमलव १९५ किलोमिटरको निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम भएकी हुन्। श्रीलंकाकी खेलाडी दोस्रो भइन् भने नेपालकै वृन्दा श्रेष्ठ धानुके तृतीय हुन सफल भएकी छन्।  मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्ड र वृन्दाले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दौड पूरा गरे। ...

सम्बन्धित सामग्री

पुष्पाको ढाका म्याराथन पदकमा ह्याट्रिक

नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा लगातार पदक जितेर ह्याट्रिक गरेकी छन् । ढाकामा शुक्रबार भएको ढाका म्याराथन २०२३ मा पुष्पाले स्वर्ण पदक जितेकी छन् । प्रतियोगितामो उनको यो तेस्रो पदक हो । यसअघि सन् २०२१ मा स्वर्ण जितेकी पुष्पाले गत वर्ष २०२२ मा कांस्य जितेकी थिइन् ।

ढाका म्याराथनमा साविक विजेता पुष्पा तेस्राे स्थानमा खुम्चिइन्

काठमाडौँ – नेपालकी धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक जितेकी छन्। सोमबार दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन्। यो विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी दुई घन्टा ५३ मिनेट […]

पुष्पाले बंगलादेशमा जितिन् काश्य पदक

काठमाडौं । नेपाली धाविका पुष्पा भण्डारीले सोमबार बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन–२०२२ मा काश्य पदक जितेकी छन् । दक्षिण एसियाली (साफ) स्पर्धामा पुष्पाले दुई घण्टा ५७ मिनेट ३५ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । गतवर्ष पुष्पा यही स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । गतवर्ष पुष्पाले निर्धारित दूरी दुई...

ढाका म्याराथन : पुष्पा, किरण र नरेन्द्रले खेल्ने

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन् ।पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए । त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन्

भारतीय एथलेटलाई पछि पार्दै पुष्पा भण्डारीले जितिन् स्वर्ण

काठमाडौं : बंगलादेशमा आज सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२१ मा नेपाली एथलेट पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्। उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्। उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनले निर्धारित दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। भारतीय खेलाडीले