महिला लघुवित्तको लाभांश परिमार्जन

५ कात्तिक, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको पत्र नेप्सेलाई जानकारी गराएको छ । यसअघि योग्य मुनाफाबाट शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र कर […]

सम्बन्धित सामग्री

नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आह्वान, लाभांश नदिने

नेष्डो समृद्द लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार ३१ गते शुक्रबार आफ्नो केन्द्रीय कार्यालय कुश्मामा सभा आह्वान गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको असर २३ गतेदेखि असार ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार २२ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । आईपिओ बाँडफाँड हुने दिन कम्पनीका कम्पनीका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईंले कम्पनीको हालको वित्तीय अवस्था अनुसार कम्पनीले १०० प्रतिशत लाभांश दिन सक्ने क्षमतामा रहेको बताएका थिए । सबै प्रोभिजन गर्दा पनि १०० प्रतिशत लाभांश दिन सकिने उनको भनाई थियो ।   उनले भनेका थिए '१०० नै दिन्छौ भनेको होइन, १०० दिन सक्ने क्षमता मात्र रहेको छ भनेको हो, यसमा प्रष्ट हुनु होला' । त्यस्तै कम्पनीले आईपिओ निष्काशन गर्दाको विवरणपत्रमा यसै वर्ष ३० प्रतिशत बोनस शेयर बितरण गर्ने उल्लेख गरेको थियो । तर कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । यस्ता छन् सभामा  पेश हुने प्रस्ताव:  क) सामान्य प्रस्तावहरुः १) सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूवाट प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । २) लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने सम्वन्धमा । ३) आर्थिक वर्ष २०७८/७९ को संस्थाको लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्वन्धमा । ४) स्वतन्त्र सञ्चालकको नियक्तीको अनमोदन गर्ने सम्वन्धमा । ५) सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने ।ख) विशेष प्रस्तावः १) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैकिङ्ग सम्वन्धि कार्यहरु गर्ने प्रवन्धपत्रको दफा ५ (त) थप गर्ने । २) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको हैसियतले प्रत्यक्ष रुपमा संलग्न सञ्चालकको मासिक पारिश्रमिक तथा अन्य सुविधा वृद्धि / थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीमा संशोधन गर्ने ।३) वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीहरुमा आवश्यक संशोधन गर्नुपर्ने भएमा छलफल गरी शंसोधन गर्ने सम्वन्धमा ।४) यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (MOU) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तीसंग सम्वन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा । ५) वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा गरिएको शंसोधनका सम्वन्धमा नियमनकारी निकायवाट कुनै संशोधन वा फेरवदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही वमोजिम गर्न/गराउन तथा अभिलेखन गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धि कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा। ग) विविध ।

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज जेठ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले जेठ २८ गते शनिवार धनगढीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले  २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ।  कम्पनीले हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा को २० प्रतिशतले हुन आउने ७ करोड ८५ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यो कम्पनी साविकको एनआरएन लघुवित्त हो । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: क) साधारण प्रस्तावहरु१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात र मिति २०७७/०४/०१ देखि २०७८/०३/३१ सम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।३) कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।४) मनोनित संचालकको अनुमोदन गर्ने सम्बन्धमा ।विशेष प्रस्तावहरु:१. सञ्चालक समितिको प्रस्तावबमोजिम आ.व. २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी रु.३९,२८,०८,७७५/२५ को २० प्रतिशतले हुने रकम रु. ७८५६१७७५/०५ बोनस शेयर वितरणको प्रस्ताव पारित गर्ने ।२. बोनश शेयर वितरण र थप सर्वसाधारणलाई शेयर निष्कासन गर्नुपर्ने भएकाले प्रबन्धपत्रको दफा ६ को उपदफा 'ख' र 'ग', दफा ८ को 'ङ' र नियमावलीको दफा २७ (२) संशोधन गर्ने र थप सर्वसाधारणको लागि शेयर निष्कासन गर्नेसम्बन्धी उपदफा 'झ' थप गर्ने ।३. संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ति (एक्विजिसन)सम्बन्धी प्रक्रिया अगाडि बढाउन र तत् सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।४. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन प्राप्त भएमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारीप्रदान गर्ने ।५. संस्थाको केन्द्रीय कार्यालय सार्ने सम्बन्धमा ।

किसान लघुवित्तको लाभांश परिमार्जन, २०% मात्र लाभांश वितरण गर्न स्वीकृति

वैशाख २५, काठमाडौं ।  किसान लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले २० प्रतिशत मात्र बोनस शेयर वितरण गर्न उक्त कम्पनीलाई स्वीकृती दिएको छ । यसअघि कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृतीका लागि राष्ट्र बैंक समक्ष पेश  गरेको थियो । अव यो बोनस शेयर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । कम्पनीको  २०७८ माघ २ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २३ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  कम्पनीले बैशाख १० गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  यस्ता छन् कम्पनीको सभामा  पेश हुने प्रस्ताव :सामान्य प्रस्ताव: १) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत आ.व.२०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष ०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने ।३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६२ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.०७८/७९ को  लेखापरीक्षण कार्यको लागि कम्पनी ऐन २०६३ को दफा १६५(घ) वमोजिम लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने ।४) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब.२०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १.० प्रतिशतले (बोनस शेयरको कर प्रयोजनको लागि मात्र) हुन आउने रकम रु.२५,४९,५४०।-(अक्षरेपी पचिस लाख उनन्पचास हजार पाचसय चालिस मात्र) नगद लाभांस छुट्याएकोमा उक्त रकमबाट एकिकृत कारोवार प्रारम्भ भएको मिति २०७७ आश्विन ०५ गते पश्चात शेयर खरिद गरेका शेयरधनीहरुको हकमा मात्र कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गर्ने ।५) साविक सारथी लघुवित्त वित्तीय संस्था, सत्यवती लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई एकिकृत कारोवार हुनु अघिसम्मको वित्तीय विवरण र लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धी संचालक समितिको निर्णय अनुमोदन गर्ने।विशेष प्रस्ताव ख) विशेष प्रस्तावहरु१) संचालक समितिले प्रस्ताब गरे बमोजिम यस वित्तीय संस्थाको आ.ब.२०७७/७८ सम्मको संचित मुनाफाबाट हालको चुक्ता पूँजी २५,४९,५४,०००।-(अक्षरेपी पचिस करोड उनन्पचास लाख चौवन्न हजार मात्र) को १९% (उन्नाईस प्रतिशत) ले हुन आउने रकम रु.४,८४,४१,२६०।- (अक्षरेपी चार करोड चौरासी लाख एकचालिस हजार दुईसय साठी मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताब स्वीकृत गर्ने।२) सर्वसाधारणको लागि छुट्याएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (Further Public Issue) गर्ने र सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने सम्बन्धमा ।३) थप सार्वजनिक निष्काशन (FPO) र बोनस शेयर वित्तरण पश्चात वित्तीय संस्थाको पूँजी बृद्धि हुने भएकोले पूँजी बृद्धि लगायतका विषयमाप्रबन्धपत्र/नियमावलीमा संशोधन गर्ने सम्बन्धमा।४) संचालक समितिको मिति २०७८ साल मंसिर १७ गते बसेको २८औं बैठकले प्रचलित कानून एव्म वित्तीय संस्थाको नियमावलीको अधिनमा रहि स्वतन्त्र संचालक पदमा एक कार्यकालको लागि श्री सृजना शर्मा (गौतम)लाई नियुक्त गरेकोमा सोको जानकारी सम्बन्धमा ।५) वित्तीय संस्थाले अन्य वित्तीय संस्था गाभ्ने/गाभिने, प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने ।६) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संसोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाब वा निर्देशन दिएमा सोहीअनुरुप आवश्यक संशोधन वा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।

नेपाल टेलिकम र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल दुरसंचार कम्पनी (नेपाल टेलिकम) र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत्र १० गते अन्तिम दिन रहेको छ । साधारणसभाको लागि टेलिकमले चैत्र ११ र जीवन विकास लघुवित्तले चित्रा १२ देखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तवित लाभांश पाउन सक्ने छन् ।टेलिकमले चैत्र २४ गते बिहिबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  कम्पनीले आर्थिक्व वर्ष ७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पहिलो पटक बोनस शेयर प्रस्ताव गरेको हो ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।     कम्पनीले सधारणसभा प्रयोजनको लागि चैत्र ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १. साधारण प्रस्ताव :क) आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।ख) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।ग) लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री पहालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५(घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तिका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने।घ) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ पन्त्रालयबाट स्वीकृत पए पश्चात् आ.व. २०७७/७८ को कम्पनीको पुनाफा रकम पध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. २०|- (अक्षरेपी बीस रुपियाँ मात्र) का दरले नगद लाभांश (बोनस शेयर पा लाग्ने लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्ने।२. विशेष प्रस्ताव :क) नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १६ सँग सम्बन्धित अनुसूची १ मा संशोधन गर्ने।ख) कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भए पश्चात् कम्पनीको आ.व. २०७७/७८ को पुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरूलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर जारी गरी कम्पनीको जारी तथा चुक्ता पुँजी रु.१८,००,००,००,०००।- (अक्षरेपी अठार अब) पुऱ्याउने प्रस्ताव पारित गर्ने ।त्यस्तै जीवन विकास लघुवित्तले  चैत्र २५ गते शुक्रबार मोरङमा रहेको आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट  हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १२ गतेदेखि चैत्र २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :(क) सामान्य प्रस्तावः(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।(२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।(३) बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।(४) संचालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,००००० (अक्षरमा बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बोनश शेयर तथा ३.६८४२ प्रतिशतले हुन आउने रकम रु. २,२४,१४,७३६।८४ (अक्षरमा दुई करोड चौविस लाख चौध हजार सात सय छत्तीस रुपैयाँ आठ चार पैसा मात्र) नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्ने ।(५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने।(ख) विशेष प्रस्तावः(१) वित्तीय संस्थाको अधिकृत पूँजी रु. १ अर्बबाट बृद्धि गरी रु. २ अर्ब पुयाउने ।(२) वित्तीय संस्थाको जारी पूँजी रु. ६०,८४,००,०००/- बाट बृद्धि गरी रु. १,०३,४२,८०,०००/- (अक्षरेपी एक अर्ब तीन करोड बयालिस लाख असी हजार मात्र) पुयाउने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।(३) वित्तीय संस्थाको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबरको चुक्ता पूँजी पुयाउन वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु. ६०,८४,००,०००/- को ७० प्रतिशतले हुन आउने रकम रु. ४२,५८,८०,०००/- (अक्षरेपी बयालिस करोड अन्ठावन्न लाख असी हजार रुपैयाँ मात्र) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।(४) बोनस शेयर जारी गरे पश्चात् वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(क), ६(ख) र ६(ग) मा संशोधन गर्ने ।(५) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ खण्ड १(र) थप गर्ने ।(६) वित्तीय संस्थाको नियमावलीको नियम २७ (२) मा संशोधन गर्ने । (७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।(७) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि/थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।(८) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने (Merger) वा प्राप्ति (Acquisition) गर्ने, समझदारी पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।(९) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने ।

स्वाभिमान लघुवित्तको साधारणसभा आह्वान, मर्जरको पनि प्रस्ताव

स्वाभिमान लघुवित्त Swabhimaan Laghubitta Bittiya Sanstha  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ८ गते भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि सभा आह्वान गरेको हो।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३२.३० प्रतिशतले हुन आउने २ करोड ९७ लाख ३२ हजार १ सय ५० रुपैयाँ बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि १.७० प्रतिशतले हुन आउने १५ लाख ६४ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ९ करोड २० लाख ५० हजार रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : क. सामान्य प्रस्तावः (१) संचालक समितिको तर्फबाट अध्यक्षज्युबाट प्रस्तुत हुने आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । (२) लखापरीक्षण प्रतिवेदन सहितको २०७८. आषाढ मसान्तको वासलात, आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । (३) आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने । (४) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको १.७० प्रतिशतले हुन आउने रकम रु.१५,६४,८५०/- (पन्ध्र लाख चौंसठ्ठी हजार आठ सय पचास मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) बितरण गर्न स्वीकत गर्ने । (५) संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको निर्वाचन गर्ने। (६) रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने बारे । ख. विशेष प्रस्तावः(१) आ.व. २०७७/०७८ सम्मको कुल संचित वितरण योग्य मुनाफाबाट संस्थाको चुक्ता पूँजीको ३२.३० प्रतिशतले हुन आउने रकम रु.२,१७,३२,१५०/- (दुई करोड सन्तानब्बे लाख बत्तीस हजार एक सय पचास मात्र) बराबरको बोनश शेयर जारी गर्न स्वीकृत गर्ने । (२) वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र सोही बमोजिम प्रबन्ध पत्रमा संशोधन गर्ने ।(३) संचालकहरुको सेवा सुविधा पुनरावलोकन गर्ने बारे । (४) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने । (५) अन्य इजाजतपत्र प्राप्त (घ) वर्गका वित्तीय संस्थासंग मर्जर (Merger) वा प्राप्ति (Acquisition) गर्न र गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । (६) संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने ।

महिला लघुवित्तको लाभांश परिमार्जन, अब सेयरधनीले ४७.५ प्रतिशत बोनस सेयर पाउने

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि घोषणा गरेको नगदसहित बोनस सेयर वितरणको परिमाण संशोधन गर्दै अब सेयरधनीहरूलाई ४७.५ प्रतिशत नगद लाभांश दिने भएको हो । यसअघि लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयररधनीहरुलाई ५ प्रतिशत नगद लाभांशसहित ४५ प्रतिशत बोन सेयर दिने घोषणा गरेको थियो । तर, नियामक राष्ट्र बैंकको पछिल्लो निर्देशन आएसँगै कम्पनीले लाभांश संशोधन गरेको हो । संशोधित लाभांशसँगै अब लघुवित्तका सेयरधनीले ४७.५ बोनस सेयर र २.५ प्रतिशत न

महिला लघुवित्तको लाभांश परिमार्जन, बोनस दर बढ्यो

महिला लघुवित्तको लाभांश परिमार्जन भएको छ  । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश दर परिमार्जन गरिएको कम्पनीले जनाएको छ  । कम्पनीले कुल लाभांश ५० प्रतिशत नै रहने गरि बोनस र नगद लाभांशको दर मात्रै परिमार्जन गरेको हो  । कम्पनीले यस अघि ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । राष्ट्र बैंकले निर्देशन दिए अनुसार अब भने कम्पनीले बोनस दर बढाएर नगद लाभांशको दर घटाएको छ  । कम्पनीले अब ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । आज बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो  । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।