सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समिति सम्बद्ध विद्यार्थीहरुले सोमबार प्रदर्शनीमार्गस्थति रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।