पचालझरना गाउँपालिकामा एमाले–कांग्रेस गठबन्धनलाई हराउँदै माओवादी विजयी

काठमाडौँ। कालिकोटको पचालझरना गाउँपालिकामा नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्र विजयी भएको छ। एमाले र कांग्रेसबीच गठबन्धन भएको सो पालिकामा माओवादी केन्द्रका देवराज शाही २ हजार ३६२ मत ल्याएर विजयी भएका हुन्।