शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले अस्पतालहरुमा कोरोनाभाइरस संक्रमित संख्या बढ्दै गएको र विशेष सावधानी नअपनाउने हो भने भयावह अवस्था आउन सक्ने चेतावनी दिएका छन् । उनले पछिल्लो समय राजधानीका अस्पतालहरुमा संक्रमितको संख्या थपिने क्रममा रहेको र आईसीयू प्रयोग गर्नेहरु पनि बढिरहेको बताए । समूदायमा धेरै संक्रमित रहेको हुनसक्ने आशंका गर्दै उनले परीक्षण दायरालाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । ‘समुदायमा धेरै व्यक्ति संक्रमित छन् । लक्षण देखिएका