दक्षिणकालीमा भेटिएको शव पहिचान, मृतक युट्युबमा भाइरल महिला भएको पुष्टि

काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।‘विस्तृत अनुसन्धान भइनै रहेको छ । तर शव पहिचान भएको छ, शव सन्तोषी सुब्बाको भन्ने खुलेको छ’, खापुङले जानकारी दिए ।प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा भेटिएको शव सामाजिक

सम्बन्धित सामग्री

जनकपुरमा २३ वर्षीया महिलाको जलेको अवस्थामा शव फेला

जनकपुरधामको कपिलेश्वरमा महिला र बालिकाको जलेर मृत्यु भएको छ ।  जलेर मृत्यु भएको महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि हुन सकेको छैन ।

जनकपुरमा २३ वर्षीया महिलाको जलेको अवस्थामा शव फेला

जनकपुरधामको कपिलेश्वरमा महिला र बालिकाको जलेर मृत्यु भएको छ ।  जलेर मृत्यु भएको महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि हुन सकेको छैन ।

चारआली जङ्गलमा दम्पतीको शव फेला

गौरादह : झापाको मेचीनगरस्थित चारआली जङ्गलमा भेटिएका शवको पहिचान खुलेको छ। अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो।लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो। दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।उनका अनुसार पुरुष झुन्डिएको र महिला भुईँमा लडेको अवस्थामा भेटिएको थियो भने शवको प्रकृति हेर्दा करिब १० दिनअघि मृत्

अफगानिस्तानमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ४८ घाइते

एजेन्सी- अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन्। दुर्घटना मंगलबार बिहान सहर-ए-साफा जिल्लामा भएको जनाइएको छ। यसैबीच, प्रदेश जनस्वास्थ्य विभागका निर्देशक अब्दुल हाकिम हाकिमीले तीन महिलासहित चार जनाको शव र महिला, बालबालिकासहित ४८ घाइतेलाई अस्पताल लगिएको पुष्टि गरेका छन्। चालकको लापरवाह र […]

रातिदेखि भारि वर्षाको सम्भावना

काठमाडौं। शनिबार रातिदेखि भारि वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। काठमाडौंमा यू एण्ड पार्क नजिक मोटरसाईकलको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ। ४४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १६ जना निको भएका छन्। बर्दियाको सामुदायिक वनमा महिलाको शव फेला परेको छ।

घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा २ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार महिला र बालिकाको शव जंगलमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले घटनाको अनुसन्धान भइरहेको बताए । उनीहरूको पहिचान अझै खुल्न सकेको छैन ।  ‘महिला र बच्चाको शव फेला परेको छ,’ केसीले लोकान्तरसँग भने, ‘हत्या वा आत्महत्या के हो घटनाको अनुसन्धानमा छौं । कहाँका हुन् ? केही पुष्टि हुन सकेको छैन ।’ श...

दक्षिणकालीमा भेटिएको शव युट्युबमा भाइरल महिलाकाे रहेकाे पुष्टि

काठमाडौं / काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ । उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको हाे । शव पहिचान भएको छ र शव सन्तोषी सुब्बा​को भन्ने खुलेको महानगरीय अपराध महाशाखाले जनाएकाे छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न... The post दक्षिणकालीमा भेटिएको शव युट्युबमा भाइरल महिलाकाे रहेकाे पुष्टि appeared first on Purbeli News.

सामाजिक संजालमा भाइरल सन्तोषी सुब्बाको हत्या !

काठमाडौँ । दक्षिणकालीमा भेटिएको शव भाइरल सन्तोषी सुब्बाको भएको पुष्टि भएको छ । विभिन्न पशुपंछीहरु लगायतको आवाज निकालेर सामाजिक संजालमा भाइरल बनेकी महिला सुब्बाको शव बुधबार दक्षिणकालीमा भेटिएको थियो ।

कोरोना संक्रमणबाट एउटै बस्तीमा १५ दिनभित्र १३ जनाको मृत्यु

जेठ ७, महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ ।  कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पीसीआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ संक्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताए । ‘बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पुर्‍याएका थिए, अरु घरमै मरे’ दाहालले भने, ‘अस्पताल पुर्‍याइएका दुई जनाको पनि पीसीआर परीक्षण भने गरिएको थिएन ।’  महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताए । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उनको भनाइ छ । कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पीसीआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउँछन् । आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउँछन् । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिए । ‘पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं’ वडाअध्यक्ष महतोले भने, ‘सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो ।’ अब बस्तीस्तरमै पीसीआर परीक्षणका लागि स्वाव संकलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ । यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताए । जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड-१९ संक्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता शुक्रवार बिहान ७ बजेसम्म जम्मा ४१ जनाको संक्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  जिल्लामा यसपालि एक हजार ५३८ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये एक हजार ३८२ जनामा सक्रिय सक्रमण रहेको कार्यालयका कोभिड-१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए । यसपालि ११५ जनाले संक्रमण जितेका छन् ।  गतवर्ष वैशाखदेखि कात्तिकसम्म १८ जनाको संक्रमणले मृत्यु भएको थियो भने दुई हजार १४१ जनामा संक्रमण पुष्टि भएको थियो । गतवर्ष सक्रिय संक्रमितको संख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जानकारी दिएको छ । रासस