कोरोना संक्रमणबाट एउटै बस्तीमा १५ दिनभित्र १३ जनाको मृत्यु

जेठ ७, महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ ।  कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पीसीआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ संक्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये अधिकांश ५० वर्ष उमेरको हाराहारीका परेका छन् । रुघाखोकी लाग्ने, सामान्य ज्वरो आउने र पखाला लाग्ने व्यथाले धेरैको मृत्यु भएको सो बस्तीकै बासिन्दा मुकुन्द दाहालले बताए । ‘बिरामी भएपछि दुई जनालाई परिवारजनले अस्पताल पुर्‍याएका थिए, अरु घरमै मरे’ दाहालले भने, ‘अस्पताल पुर्‍याइएका दुई जनाको पनि पीसीआर परीक्षण भने गरिएको थिएन ।’  महाव्याधि त्रासले गर्दा मान्छे मर्दा घरका परिवारबाहेक आफन्त पनि अन्त्यष्टिमा सामेल हुन छाडेको दाहालले बताए । पछिल्ला केही घटनाका शव त नगरपालिकाले जेसिभीले उठाएर गाड्ने गरेको उनको भनाइ छ । कोरोनाले एकै वस्तीमा यति धेरैको मृत्यु हुँदा पनि कतैबाट पीसीआर जाँचको सुरसारसम्म नभएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिपमाया श्रेष्ठ बताउँछन् । आफ्नो वडा बस्तीमा भएको मानवीय क्षति र घरघरैजसो रहेका बिरामीमा कोभिड–१९ को लक्षण रहेको वडाअध्यक्ष अशोककुमार महतोको भनाइ छ । अहिले बिरामी रहेकामध्ये धेरैजसोमा कोभिड–१९ कै लक्षण देखिएको महतो बताउँछन् । बस्तीमा अहिले २०० भन्दा बढी बिरामी रहेका र तीमध्ये गम्भीर प्रकृतिका पाँच जनालाई उपचारार्थ जनकपुर पठाइएको महतोले जानकारी दिए । ‘पिसिआर परीक्षण र अन्य जाँच, उपचार सेवाका लागि जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा निरन्तर सम्पर्कमा छौं’ वडाअध्यक्ष महतोले भने, ‘सबैतिर महाव्याधिको चपेटाले प्रविधि र दक्ष जनशक्तिको तत्काल व्यवस्थापन गर्न नसकिदा ढिलाइ भएको हो ।’ अब बस्तीस्तरमै पीसीआर परीक्षणका लागि स्वाव संकलन र अन्य स्वास्थ्य जाँचको प्रबन्ध मिलाउन लागिएको महतोको भनाइ छ । यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा यसबारे जानकारी रहेको र जाँच, उपचारका लागि जनशक्तिको प्रवन्ध गरिने बताए । जिल्लामा यसपालि गत वैशाख १४ गते कोभिड-१९ संक्रमण पुष्टिले पहिलो मृत्यु भएको थियो । त्यसयता शुक्रवार बिहान ७ बजेसम्म जम्मा ४१ जनाको संक्रमण पुष्टि भएर मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  जिल्लामा यसपालि एक हजार ५३८ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये एक हजार ३८२ जनामा सक्रिय सक्रमण रहेको कार्यालयका कोभिड-१९ स्रोतव्यक्ति प्रतिभा सिंहले जानकारी दिए । यसपालि ११५ जनाले संक्रमण जितेका छन् ।  गतवर्ष वैशाखदेखि कात्तिकसम्म १८ जनाको संक्रमणले मृत्यु भएको थियो भने दुई हजार १४१ जनामा संक्रमण पुष्टि भएको थियो । गतवर्ष सक्रिय संक्रमितको संख्या भने ९०० को हाराहारीमा रहेको कार्यालयले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

भारतको मणिपुरमा फेरि हिंसा भड्कियो, १३ जनाको मृत्यु

मणिपुरको टेङ्ग्नौपाल जिल्लामा सोमवार दिउँसो हिंसा भड्किदा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।...

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ जनाको मृत्यु

कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ। “आगो निभाउने क्रममा प्रारम्भमा १३ जनाको मृत्यु भएको थाहा भएको छ, उनीहरूको सनाखत हुन बाँकी छ”, विभागले एक विज्ञप्तिमा भनेको छ, “कार्बन मोनोअक्साइड विषाक्तताका कारण उनीहरूको मृत्यु भएको हो।” पूर्वराजधानीको बीचमा रहेको आदी […]

राइगढ पहिरोमा १३ जनाको मृत्यु

महाराष्ट्रको राइगढ जिल्लाको खालापुर तहसीलको इरशालवाडी गाउँमा पहिरो जाँदा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म घटनास्थलबाट २२ जनाको उद्धार गरिएको छ, तर धेरै जना भग्नावशेषमा फसेको...

बाढीपहिरोबाट १३ जनाको मृत्यु, २६ अझै बेपत्ता

संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ।  समितिका सभापति...

विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित १३ जनाको मृत्यु

रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित  १३ जनाको मृत्यु भएको छ । रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाए अनुसारपश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना […]

रुसको एक विद्यालयका बन्दुक हमला, कम्तिमा १३ जनाको मृत्यु

रुसको एक विद्यालयमा एक बन्दुकधारीले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ। मध्य रुसको इजास्क सहरस्थित उक्त विद्यालयमा भएको बन्दुक हमलामा अन्य कैयौं घाइते भएका बताइएको छ। बिबिसीका अनुसार मारिनेमा...

डेंगुबाट १३ जनाको मृत्यु, १३ हजारमा  संक्रमण

नेपालमा डेंगु संक्रमणबाट साउन यता मात्रै १३ जनाको मृत्यु भएको छ। यस्तै दुई महिनामा १३ हजार ७ जनालाई डेंगु संक्रमण भएको छ।

भारतको उत्तराखण्डमा गाडी दुर्घटना हुँदा १३ जनाको मृत्यु

आइतबार बिहान देहरादुनस्थित चकराता-त्यूणी सडकमा भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

केन्यामा तेल ट्यांकर विस्फोट, १३ जनाको मृत्यु

एजेन्सी । केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ । नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएलगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको छ […]

इटालीमा केबलकार दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु

इटालीमा केबलकार खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। उत्तरी इटालीको मेगिओरी ताल नजिक रहेको पहाडमा आइतवार केबलकार दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। स्ट्रेसाको रिसोर्ट टाउनबाट यात्रु बाकेर पिडमोन्ट क्षेत्रको मोट्टारोन पहाडतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनास्थलको तस्बिरमा क्षतिग्रस्त केबलकार जंगलको बीचमा…