अत्तरियामा ३० करोड लगानीमा ग्यास उद्योग सञ्चालन

देशभर ६ वटा ठाउँमा ग्यास उद्योग सञ्चालन गरिरहेको एभरेष्ट ग्रुपले कैलालीको अत्तरियामा नयाँ ग्यास उद्योग

सम्बन्धित सामग्री

साल्ट ट्रेडिङ कर्पाेरेशनले मनायो ६१औं वार्षिकोत्सव

काठमाडौं। साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले ६१औं वार्षिकोत्सव मनाएको छ । उपभोग्य वस्तु, रासायनिक मल लगायतको कारोबार गरिरहेको कर्पोरेशनले बुधवार ६१औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताए । कम्पनीले आफ्नो निर्धारित मूल्यमान्यतामा रहेर उपभोक्तालाई सेवा दिइरहेको समेत उनले बताए । कर्पाेरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउँदै आएको बताए । आगामी दिनमा सेवा क्षेत्र विस्तार गरी कारोबार समेत बढाउने लक्ष्य रहेको कम्पनीले बताएको छ । कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङको वित्तीय अवस्था थप सुदृढ पार्न सेवाको विविधीकरण आवश्यक रहेको बताइन् । ‘साल्ट ट्रेडिङमार्फत बेचिने सरकारी अनुदानको रासायनिक मलले कृषि क्षेत्रको उत्पादनलाई प्रत्यक्ष सहयोग गरेको छ । उत्पादनका अन्य क्षेत्रमा पनि साल्ट ट्रेडिङले काम गर्न सक्छ,’ उनले भनिन् । कम्पनीले आयोडिनयुक्त नून, चिनी, रासायनिक मलको आपूर्ति व्यवस्था मिलाउनुका साथै सहुलियत मूल्यमा यस्ता वस्तु विक्री गर्दै आएको छ । कम्पनीले ग्यास उद्योग सञ्चालन, केमिकल तथा खाद उत्पादन तथा पैठारी समेत गर्दै आएको छ । व्यावसायिक सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वका काममा पनि कम्पनीको अग्रणी भूमिका रहेको छ । वार्षिकोत्सव समारोहमा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई ‘बालहितकारी पुरस्कार’ दिइएको थियो । यस्तै, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रशंसापत्र र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेजी

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज

सञ्चालनमा नआएका ५० ग्यास उद्योगको अनुमति खारेजी

नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो ।

एनएस प्रमाणपत्र नलिए ग्यास उद्योग सञ्चालन गर्न नदिन आग्रह

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) चिह्न नलिएर सञ्चालित भएका ग्यास उद्योगलाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई आग्रह गरेको...

ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग

१४ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि …

घना बस्तीमै ग्यास उद्योग, त्रासमा सर्वसाधारण

काठमाडौं : देशभर सञ्चालनमा रहेका ग्यास उद्योगका कारण थुप्रै घनाबस्ती सुरक्षाको उच्च जोखिममा परेका छन्। उद्योग सञ्चालन गर्ने अनुमति दिने सरकारले उद्योग सञ्चालनपछि बस्ती विस्तार रोक्न नसक्दा बस्तीमा जोखिम निम्तिएको हो। ग्यास उद्योगसँगैको मानव बस्ती सुरक्षाका हिसाबले ज्वालामुखीको मुखमा जस्तै जोखिमयुक्त हुने विज्ञहरूले बताएका छन्। देश...

ग्यास उद्योग र पेट्रोलपम्प सुरक्षा मापदण्डविपरीत सञ्चालनमा

ग्यास उद्योग र पम्पको सञ्चालन अनुमति दिनुअघि नै सुरक्षा मापदण्ड तयार गर्नुपर्ने भए पनि निगमले मापदण्ड तयार नगर्दा ग्यास उद्योग उच्च जोखिमपूर्ण बनेका हुन् । मुलुकका अधिकांश एलपी ग्यास उद्योग र पेट्रोलपम्प सुरक्षा मापदण्ड विपरीतको सञ्चालनमा रहेको पाइएको छ । व्यवसाय सञ्चालन गर्नुअघि अनिवार्य रूपमा सुरक्षा मापदण्ड तयार गर्नुपर्ने भए पनि व्यवसायीहरूले अटेर गर्दै आएका हुन् । मापदण्डविपरीत सञ्चालित ग्यास उद्योग र पम्प उच्च जोखिममा छन् । बिस्फोटक पदार्थ नियमन ऐन र मापदण्ड नियमावली नहुँदा जुनसुकै बेला पनि त्यस्ता ग्यास उद्योग र पम्पमा दुर्घटना हुने देखिन्छ । व्यवसाय सञ्चालनका लागि अनुमति दिने नेपाल आयल निगमले सुरक्षा मापदण्ड तयार गरेको छैन । मुलुकमा सञ्चालित ९० प्रतिशत पम्प मापदण्डविपरीतका रहेकाले पनि जोखिम बढ्दै गएको देखिन्छ । सुरक्षा मापदण्ड नहुँदा जुनसकै बेला पनि ग्यास उद्योगमा दुर्घटना हुने खतरा छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले ग्यास र पेट्रोलपम्पमा सुरक्षा मापदण्ड नहुँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने बताए । मुलुकभर ग्यासको कारोबार गर्ने बोटलिङ प्लान्ट (उद्योग) ५७ वटा र पेट्रोल पम्प तीन हजार ६ सयको संख्यामा छन् । निगमको लापरबाही, सरकारको फितलो नीति, राजनीतिक हस्तक्षेप र व्यवसायीको अटेरीका कारण ग्यास र पम्प सुरक्षित बन्न नसकेको उनको भनाइ छ । व्यवसायीले निगमको नियम, विनियम पालन नगर्ने, मापदण्ड तयार नगर्ने, सुरक्षा संयन्त्र जडान नगर्ने र पुराना जीर्ण भइसकेका सिलिन्डर प्रयोग गर्ने गरेकाले जुनसुकै बेला पनि दुर्घटना हुने उनको भनाइ छ । ग्यास उद्योग र पम्पको सञ्चालन अनुमति दिनुअघि नै सुरक्षा मापदण्ड तयार गर्नुपर्ने भए पनि निगमले मापदण्ड तयार नगर्दा ग्यास उद्योग उच्च जोखिमपूर्ण बनेका हुन् । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले निगमसँग सुरक्षा मापदण्ड नै नहुँदा ग्यास उद्योग र पेट्रोल पम्प असुरक्षित रहेको बताए । “पेट्रोलपम्प र ग्यास उद्योगमा के–के सुरक्षाका उपाय आवश्यक पर्छ भनेर मापदण्ड बनाउन निर्देशन दिएका छौं, प्रवक्ता पौडेलले भने, “सुरक्षाको मापदण्ड नहुँदा उद्योगमा जोखिम बढ्दै गएको छ ।” निगम र व्यवसायीको लापरबाहीले मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गर्दा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ । निगमले तयार गरेको एलपी ग्यास विनियमावलीमा एउटा उद्योग र अर्को उद्योगको दूरी कम्तीमा ५ किलोमिटरको हुनुपर्ने उल्लेख छ । तर, अधिकांश ग्यास उद्योगले मापदण्डविपरीत व्यवसाय सञ्चालन गरिरहेका छन् । उद्योग विभागले सम्पूर्ण मापदण्ड पूरा गरेर दर्ता गरेपछि आफूले अनुमति दिने भएकाले विभाग नै जिम्मेवार भएको निगमको भनाई छ । साल्ट्र टेडिङ कर्पाेरेसनले सञ्चालन गरेको एसटीसी ग्यास उद्योगले मात्र आवश्यक पूर्वाधार तयार पारेको छ । बस्तीभन्दा पाँच किलोमिटर टाढा स्थापना हुने उद्योगलाई प्राथमिकता दिइने विनियमावलीमा उल्लेख गरे पनि मुलुकभर सञ्चालित कुनै पनि उद्योगले मापदण्ड पूरा गरेका छैनन् ।

बस्तीनजिकै ग्यास उद्योग, स्थानीय त्रस्त

बस्तीभन्दा टाढा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड भए पनि धादिङमा सञ्चालित डेढ दर्जनजति यस्ता उद्योग बस्ती र राजमार्ग आसपास छन् ।

आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला

करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँबराबरको अनियमिततामा समेत मुछिएका छन्। खड्काको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमतिलगायत निर्णयमा खुलेको हो।