काठमाण्डाै – आउँदाे आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले तीन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न २० अर्ब ३१ करोड रुपैयाँकाे बजेट विनियोजन गरेको छ ।अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सौन्दर्यीकरण, भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरामा रहेकाे क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि झन्डै २० अर्ब रुपैयाँ बजेट विनियोज गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न आठ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्रि...