पाकिस्तान अहिले विनाशकारी बाढीसँग जुधिरहेको छ । पछिल्लो जानकारीले पाकिस्तानमा अचानक आएको बाढीका कारण १५ अर्ब अमेरिकी डलरदेखि २० अर्ब अमेरिकी डलरसम्मको आर्थिक नोक्सानी हुन सक्ने खुलासा गरेको छ । बाढीका कारण यो आर्थिक नोक्सानीले १.२ लाख जनतालाई गरिबीको रेखामुनि धकेल्ने सरकारको डर छ । पाकिस्तानलाई यो क्षतिको सामना गर्न तुरुन्तै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ। […]