२० साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका- ७ छपकैयाबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा २४० किलो बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो । बाल निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलको पुरानो भवन पछाडिको झाडीमा लुकाएर राखिएको २४० गाँजा बरामद गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले […]