५ दलीय गठबन्धनको ‘भद्रगोल तालमेल’ ले एमाले उत्साहित !

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी तालमेल भद्रगोल भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उत्साहित हुन पुगेको छ । सुरुमा सत्ता गठबन्धनले ‘कसिलो’ तालमेलको गृहकार्य गरे पनि चुनावी मिति नजिकिदै जाँदा आपसमा हानथापले विभिन्न पालिकामा तालमेल नै छिन्नभिन्न भएको देखिन्छ । सत्तारुढ गठबन्धनभित्र बढेको भद्रगोलले चुनावी नतिजा आफ्नो पोल्टामा पर्ने एमाले नेता कार्यकर्ताको बुझाइ छ ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले उत्साहका साथ चुनावी अभियानमा होमिएको भ

सम्बन्धित सामग्री

पाँचदलीय गठबन्धन सरकार अबिलम्व हट्नुपर्छ: ओली

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन्। शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाए। अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भए पनि अहिलेको सरकार तमासा […]

सत्ता गठबन्धन लक्षित ओली अभिव्यक्ति : यो सरकारको के काम ? लाज छैन ?

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताएका छन्। शुक्रबार छवि कार्कीको १२औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका...

चुनावले गठबन्धनलाई टकटक्याएर फ्याँक्नेछ : ओली

२५ वैशाख, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धन बनेपछि देशमा अलच्छिन पसेको आरोप लगाएका छन् । नेकपा एमाले रुपन्देहीले बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकार बनेपछि एमाले नेतृत्वको सरकारले अघि सारेका योजनामा वजेट कटौती गरेकोप्रति लक्षित गर्दै ओलीले गठबन्धनलाई अलच्छिनको संज्ञा दिएका हुन् । ‘हामीले अघि सारेका […]

चितवनमा एमाले भर्सेस ५ दलीय गठबन्धन, यस्तो छ अंकगणित

२०७४ को निर्वाचनलाई आधारमा चितवनमा सबैभन्दा ठुलो दल नेकपा एमाले भएको थियो । एमालेले गत निर्वाचनमा चितवनको ७ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख पद जितेको थियो भने एउटामा पालिकामा उपप्रमुख पद जितेको थियो । यस्तै एउटा पालिकामा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो । उक्त गठबन्धनबाट माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको प्रमुख र काँग्रेसले उपप्रमुख पदमा जितेको थियो ।चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा काँग्रेसले दुवै पदमा जितेको थि

सत्ता-प्रतिपक्ष टकराव : गतिहीन संसद्, एजेन्डाविहीन एमाले !

काठमाडौं : पाँचदलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आन्तरिक टकरावले पुनःस्थापित संसद् गतिहीन बन्न पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक विघटन गर्दा सर्वोच्च अदालतले पुनःस्थापना गरेको संसद् प्रभावहीन बन्न पुगेको हो। एमाले अध्यक्ष ओलीलाई सत्ता बहिर्गमनका लागि बनेको ५ दलीय गठबन्धन र एमालेको टकरावकै कारण संसद्‌ले गति लिन सकेन। दुई तिहाइ नजिकको सरकारको नेतृत्वबाट सत्ताच्युत ओलीलाई आफूले गरेको संसद् विघटनलाई सही सावित गर्ने लक्ष्य राखेर प्रतिनिधि

५ दलीय गठबन्धन सरकारले देशलाई बन्धक बनाएको सुवास नेम्वाङको आरोप

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको  पाँच दलीय गठबन्धनको सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन । उनले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने  भन्दै अदालतको परामेदशबाट आएको सरकारले जनताको समस्या बुझ्ने भन्दापनि देशलाई बन्धक बनाउने काम मात्र भएको बताए ।उदयपुर जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा नेम्वाङले भने, ‘देश अहिले परमादेशबाट

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न– पाँचदलीय गठबन्धनमा कुन–कुन दल छन् ?

अर्थमन्त्री जनार्दन शर्माले पाँच दल मिलेर सत्ता गठबन्धन बनेको बताएपछि एमाले सांसदले गठबन्धनमा रहेका ५ दलको नाम सोधेका छन् । बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गठबन्धनमा रहेका पाँच दलको नाम सोधेका हुन् । ‘अर्थमन्त्रीज्यूले श्वेतपत्र पढ्ने क्रममा ५ दलीय गठबन्धन भन्नुभयो, त्यो गठबन्धनका पाँच दल कुन–कुन हुन् ?’ श्रेष्ठले प्रश्न गरे । जवाफका क्रममा मन्त्री शर्माले गठबन्धनमा पाँच दल नै सहभागी रहेको बताए ।  ‘गठबन्धनमा राजनीतिक दल नै छन्, दुईतीनवटा कम्युनिस्ट पार्टी, जस...