नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता

१५ चैत, काठमाडौं । नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ । १० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो । वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी […]

सम्बन्धित सामग्री

काठमाडौंमा खटिएका घुमुवा प्रहरी हटाइयो

काठमाडौं, १६ चैत । नेपाल प्रहरीले काठमाडौं उपत्यकामा खटिएका एक सय आठ घुमुवा प्रहरी हटाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सादा पोसाकका प्रहरी हटाउन परिपत्र गरेको थियो । निर्देशन बमोजिम काठमााडौंमा खटिएका एक सय आठ जना सादा पोसाकमा खटिएका प्रहरीलाई युनिफर्म लगाएर नियमित ड्युटीमा खटाइएको छ । उनीहरु यसअघि सूचना संकलनका लागि सादा […]

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

३० फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरसँग कुरा गर्दै उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरे । यसरी जिम्मेवारीबाट हटाइएकामा […]

एसइई परीक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षकको निधन

एसइई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ । रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल इलाका प्रहरी कार्यालय लोहारपट्टीमा दरबन्दी रहेका प्रहरी सहायक निरीक्षक ललनकुमार राय पटेलको निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । बलवा नगरपालिका–१० स्थित राष्ट्रिय जनता माध्यमिक विद्यालय धमौरा परीक्षा केन्द्रमा भइरहेको एसइई …

सप्तरी : रक्सी खाएर सुरक्षा जाँचमा खटिएका प्रहरी जवान कारबाहीमा

सप्तरी - सप्तरीको सदरमुकाम राजविराजमा रक्सी खाएर हाेहल्ला गर्ने प्रहरी जवान कारबाहीमा परेका छन् । रक्सी खाएर सुरक्षा जाँचमा खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जीवकुमार राय कारबाहीमा परेका हुन् । उनले शुक्रवार बेलुकी राजविराजमा रहेकाे महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि रक्सी खाएर गाडीकाे चेकजाँच गरेकाे भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएकाे थियाे । यस क्रममा स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न बन्दै गालीगलौज समेत गरेका थिए । भिडियो अ...

पीएसओबाहेक जबराको सुरक्षामा खटिएका सबै प्रहरी फिर्ता

सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाएको छ ।

चोलेन्द्रको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता

निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । प्रहरी प्रधान कार्यालयले अगुवा गाडीसहितका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायव निरीक्षक (सई)को कमाण्डमा ९ जना सुरक्षाकर्मी खटिएका थिए । जबराको सुरक्षामा अगुवा गाडी पनि दिइएको थियो । गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।  महाअभियोग

यार्सा संकलकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको लेक लगेर मृत्यु

मुगुमा यार्सा सकंलकको सुरक्षामा खटिएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्सा संकलकहरुको सुरक्षामा  गाउँपालिका–२ मा पर्ने ठुलोकोइकी पाटनमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर...

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका प्रहरी हवल्दारको मृत्यु

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।  मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको  थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए ।  उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको

यार्सागुम्बाको सुरक्षामा खटिएका प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार

रुकुम पूर्व – रुकुम पूर्वमा यार्सागुम्बाको सुरक्षाका लागि खटिएका एक प्रहरी बिरामी भएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका १ मा रहेको इलाका प्रहरी कार्यालय मैकोटमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) कुष्णबहादुर खड्का बिरामी भएपछि शनिवार बेलुका हेलिकप्टरबाट उद्धार गरिएको हो ।   जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले यार्साको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक खड्कालाई श्वासप्रश्वासमा समस्या भएको बताउनुभयो । खड्कालाई शनिवार हेलिकप्टरबाट सुर्खे...