विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

३० फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरसँग कुरा गर्दै उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरे । यसरी जिम्मेवारीबाट हटाइएकामा […]

सम्बन्धित सामग्री

विमानस्थलका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार

नेपालगन्जस्थित राँझा विमानस्थलको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार भएको छ। विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनमा काम गरिरहेका चार जना भारतीय कामदारले प्रहरी पोष्टमाथि ढुंगामुढा गरेका हुन्।...

विमानस्थलमा अध्यागमन र प्रहरी आमनेसामने

१२ माघ, काठमाडौं । शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चरबाट एराइभलतिर जाँदै थिए । वाक थ्रू (एक्स–रे) गेट पास गरेका आएका उनलाई ड्यूटीमा खटिएका प्रहरी जवानले शरीर खानतलासी लिन खोजे, मेटल डिटेक्टरले जाँच्न खोजे । मोक्तानले आफू अध्यागमन अधिकृत भएको र ‘केही अघि मात्रै चेक भएको’ बताए । अनि […]

धनगढी विमानस्थलमा प्रहरीबाटै कुटिए युवक

धनगढी : धनगढी विमानस्थलमा लफडा भएको छ। आज (शनिबार) बिहान विमानस्थलमा लफडा भएको हो।विमानस्थलमा प्रहरीले आफूमाथि कुटपिट गरेपछि लफडा भएको कञ्चनपुरको बेल्डाडीका नरेश गिरीले जानकारी दिए। विमानस्थलको सुरक्षामा खटिएका प्रहरी वरिष्ठ हवल्दार कृष्णबहादुर पाण्डेयको टोलीले आफूमाथि आक्रमण गरेको उनले बताए।उनका अनुसार प्रहरीले विमानस्थलको काउन्टरबाट घिसारेर उनलाई त्यहाँका प्रहरी इन्चार्ज सईको कार्यालयभित्र चुकुल लगाएर ४ जना प्रहरीहरुले निर्घात कुटपिट गरेको आरोप लगाएका छन्। उनले प्रहरीले कुटेर आँखामा चोट लागेको

‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा बम राखेको छु भन्दै फोन गर्ने व्यक्ति को हुन् ?

काठमाडौं, २१ वैशाख। बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए । फोन उठाउने विक्तिकै उताबाट भनियो,– ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ । दुई घण्टाभित्र विस्फोट हुन्छ […]

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन् ।  महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमास्थलमा मोबाइलले गर्दा प्रहरीको ध्यान सुरक्षामा कम भएका कारणले बोक्न प्रतिबन्ध लगाएको बताए। ‘डियुटीमा खटिने प्रहरीले त्यो दिनको आफ्नो कमान्डरलाई मोबाइल बुझाएर जान्छन्,’ एसएसपी ढकालले लोकान्तरसँग भने,‘केहि अर्जेन्ट परेको खण्डमा कमान्डरले जानकारी गराउँछ ।’ ३ हप्ता अगाडिदेखि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारील...

कमेडी च्याम्पियनका उपविजेता बिक्की अग्रवालको ब्याग विमानस्थलमा हराएपछि...

कमेडी च्याम्पियन सिजन-२ का उपविजेता बिक्की अग्रवालको ब्याग विमानस्थलमा हराएकोमा प्रहरीले फेला परी बुझाएको छ । गत असोज तीन गते विमानस्थलको स्वर्णद्वार नजिकै ड्यूटी खटिएका प्रहरी कर्मचारीले कम्मरमा बोक्ने कालो रंगको व्याग फेला पारेका थिए । उक्त व्याग भित्र रहेको परिचय पत्रको आधारमा उनी बिक्की अग्रवाल भएको खुलेको विमानस्थल प्रहरीले जनाएको छ । उनलाई आज कार्यालयमा बोलाई सामान हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । ब्यागमा नेपाली रुपैयाँ, भारतीय मुद्रा, एम्पल वाच एक थान र एक थान इयरपड भेटिएको थियो ।

नेपालगन्ज विमानस्थलमा बरामद भएको सुनको अनुसन्धान गर्न समिति गठन

नेपालगन्ज विमानस्थलमा शुक्रबार बरामद भएको चार किलो बढि सुनको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ। त्रिभुवन विमानस्थल हुँदै शुक्रबार नेपालगन्ज पुगेको सुनलाई विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीले बरामद...

विमानस्थलमा भएको विस्फोटपछि उदास छ काबुल

काबुलको बाहिरी भागमा रहेको एउटा घरमा अन्त्येष्टिको नमाजका लागि मानिसहरू भेला भएका छन् । त्यहाँ विमानस्थलबाट एक व्यक्तिको शव ल्याइएको छ । ती व्यक्ति विदेशी गठबन्धन सेनासँग मिलेर निर्माण कार्यमा खटिएका थिए ।  उनका आठ सन्तान छन् । ती सन्तानलाई पिताको के हविगत भयो र अब जिन्दगीमा के हुन्छ भन्ने थाहा छैन ।  सिटी सेन्टरमा सडकको किनार तथा अस्पतालको कोल्ड स्टोरेजमा राखिएका लाश सड्न थालेका छन् । परिवारका मानिसलाई प्रियजनको लाश पठाउन पाइएको छैन ।  को कता पुग्यो ? त्यसको आँकडा जुटाउने पनि कोही छैन । अस्पताल...

यात्रुको सहजीकरणका लागि त्रिभुवन विमानस्थलमा स्वयमसेवक परिचालन

काठमाण्डौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सहजीकरणका लागि स्वयमसेवक खटिएका छन्। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको सहजीकरणमा स्वयमसेवकले काम गर्ने विमानस्थलका महाप्रबन्धक प्रताप तिवारीले जनाएका छन्। गीता एभिएसन,एयरलाइन्स अपेरेटर्स एसोसिएसन अफ नेपाल र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा विमानस्थलमा स्वयमसेवक खटाइएको हो। कोरोना भाइरसको महामारीकाबीच लागू गरिएका विभिन्न नियमहरुको पालनामा अलमल हुँदा,आवश्यक कागजात र विवरण भर्ने काममा समेत यात्रुले स्वयमसेवकको सेवा दिन सक्नेछन्।