मानव अधिकार तथा शान्ति समाजले विभिन्न स्थानमा खाद्यान्न वितरण, रक्तदान र स्वास्थ्य उपकरण सहयोग गरेको छ । शनिबार १४ औँ गणतन्त्र दिवसको अवसरमा खाद्यान्न मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको पहलमा उक्त सहयोग प्रदान गरिएको संस्थाकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिएकी छन् । मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैना नगरपालिका-८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई ७८ हजारको खाद्य सामग्री सहयोग प