शान्ति समाजद्वारा निर्वाचन मितव्ययी बनाउन आग्रह

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले राजनीतिक दलहरूलाई अब आउने निर्वाचन प्रविधिमैत्री र मितव्ययी बनाउन  आग्रह गर्दै अहिंसात्मक र मित्रवत प्रतिस्पर्धामा ध्यानाकर्षण गराएको छ । ७२ औं प्रजातन्त्र दिवसका अवसरमा आज बुटवलमा ‘प्रविधिमैत्री, मितव्ययी, अहिंसात्मक र मित्रवत प्रतिस्पर्धात्मक निर्वाचन राष्ट्रको आवश्यकता’ बिषयक अन्तरक्रियामा समाजले निर्वाचनहरु प्रभावित हुन नहुने भन्दै दलहरूको ध्यानाकर्षण समेत गराएको छ । सो अवसरमा  बोल्दै लुम्बिनीका  प्रदेशका पर्यटन, ग्

सम्बन्धित सामग्री

आचारसंहिता मस्यौदाउपर दलसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिताको मस्यौदामाथि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र विश्वासनीय तुल्याउन तयार गरिएको आचारसंहिताको मसौदाउपर संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता भएको छलफलमा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिताको कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोगलाई सुझाव दिनुभयो । दलका प्रतिनिधिहरूले अनुगमनकर्ता तथा अनुगमन समितिलाई चुस्त तुल्याउन तथा दलको निर्वाचन खर्च पारदर्शी गराउने पाटोमा विशेष भूमिका खेल्न आयोगसँग आग्रह गर्नुभयो । मतपेटिका मतगणनास्थलमा ल्याउँदा सबै उम्मेदवारका प्रतिनिधिलाई सँगै आउने व्यवस्था मिलाउन तथा मतदानस्थलमा सिसी क्यामराको प्रयोग गर्न उहाँहरुले लिखित र मौखिक सुझाव दिनुभयो । निर्वाचन सकिएपछि निश्चित समयभित्र हरेका उम्मेदवारले खर्चका विवरण आयोगलाई बुझाउनुपर्छ भन्ने कानूनी व्यवस्था भए पनि त्यो अझै कार्यान्वयन हुन नसकेको छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिले आयोगसमक्ष गुनासो गर्नुभयो । आचारसंहिता जहिले पनि निर्वाचनअघि छलफल गर्ने विषयमा मात्र सीमित नहोस् भन्दै उहाँहरूले कुनै दल विशेषका उम्मेदवारले सधै उल्लङ्घन गर्ने कार्य कहिले बन्द हुन्छ भनी आयोगसम्म प्रश्न गर्नुभएको थियो । छलफलमा सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको आयोगले जानकारी दिएको छ ।

भोजभतेर नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन चाडबाडको नाममा सार्वजनिक रुपमा भोजभतेर र चियापान नगर्न नगराउन आग्रह गरेको छ ।