नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् । सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गरेका हुन् । गुल्मी क्षेत्र नं २ का सांसदसमेत रहेका नेता भण्डारीले सीमान्तकृत बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामीटक्सार,…