भारतीय उर्दू कवि राहत इंदौरीको ७० वर्षको उमेरमा निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएका इंदौरीलाई मंगलवार दुईपटक हृदयघात भएपछि अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
‘आज उनलाई दुईपटक हृदयघात भयो। उनलाई बचाउन सकिएन। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गत आइतबार अस्पताल ल्याइएको