कोरोनाबाट पाँचथरमा एक पत्रकारको मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ।३१ वैशाखमा कोराना पुष्टि भएपछि झापाको बिर्तामोडमा उपचाररत ५२ वर्षीय भण्डारीको मृत्यु भएको हो। उनको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनाएको छ।भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन्।कोरोनाबाट हालसम्म १८ जना पत्रकारको मृत्यु भएको छ भने ९ सयभन्दा बढी संक्रमित भएका छन्।