प्रकाशमान फकाउँदै रामचन्द्र- शेखर, शशांकको दावी यथावत

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने वाचा गरेका संस्थापन इतर समूहका नेताहरु क्षेत्रीय अधिवेशन अगाडि सहमति जुटाउन असमर्थ भएका छन् ।

सम्बन्धित सामग्री

बहाना पारेर केन्द्रमा बस्ने डाक्टरलाई गाउँ खटाएँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको दावी गरेका छन्।मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको जिकिर गरे।उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताए।उनले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिए। “अहिले अधिकांश डाक्टर गाउँ गइ

रविले नागरिकता पाएसँगै रास्वपाकाे गृहमा दावी यथावत

काठमाडाैँ- रवि लामिछानेले नागरिकता लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नाे भागमा परेकाे  गृहमन्त्रायलकाे दावी यथावतै राखेकाे छ। हाल उक्त रिक्त मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हालेका छन् । आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिएका छन्। उच्च स्राेतका अनुसार एमाले अध्यक्ष ओलीले रविलाई गृहमा फेरि पुन:स्थापित गर्नुपर्छ भने […]

ललिपुर ३ मा कांग्रेसको दाबी यथावत

काठमडौँ – मंसिर ४ गते हुने चुनावका लागि ललिपुर ३ नछाड्न नेतृत्वलाई कांग्रेस नेताहरुले निरन्तर दबाब दिएका छन्। ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक एकवटा लिने सहमति बाहिरिए पनि कांग्रेसभित्र त्यसले असन्तुष्टि छाएको छ। बुधबार रातिसम्म भएको सहमतिअनुसार ललितपुर १ कांग्रेस, २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रले […]

‘एमसीसी पास गराएरै छाड्छौँ, गठबन्धन पनि जोगिन्छ’

प्रतिनिधिसभा सांसद एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही)ले एमसीसी जसरी पनि पास हुने बताएका छन् । रातोपाटीको कार्यक्रम ‘टक विथ द टप’मा बोल्दै उनले यस्तो बताएका हुन्। रसाइलीले संसदबाट केहिदिन भित्रमै एमसीसीको टुंगो लाग्ने र पाँच दलीय गठबन्धन पनि यथावत नै रहने दावी गरेका छन् । यद्यपि सत्ता गठबन्धनमा बसेर सडक र संसद्मा दोहोरो चरित्र देखाउने दलहरूको प्रवृत्ति भने आश्चर्यजनक रहेको उनको भनाइ छ । एमसीसी सम्झौता एउटा विकास परियोजना मात्र भएको र यसमाथि जनतालाई

सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्सले घातक रोग वापतको दावी भुक्तानी गरेको छ । कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई हस्तान्तरण गरेको हो । खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप रु. १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रु. १० लाख खत्रीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहने कम्पनीले उल्लेख गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल , दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले चेक हस्तान्तरण गरेका हुन् । घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले उनको उपचारमा सहयोग पुग्ने विश्वास प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरेका छन्।

कांग्रेस सभापतिमा मेरो दावी कायमै छ – सुजाता कोइराला

मोरङ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा आफ्नो दावेदारी कायम रहेको बताएकी छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँगको कुराकानीमा नेतृ कोइरालाले सभापतिको लागि आफ्नो दावेदारी यथावत रहेको प्रस्टाएकी हुन्। उनले सहमतिका लागि वातावरण बने आफू लचिलो बन्न उदार रहेको उल्लेख गरेकी छन्। ‘मैले त बारम्बार भन्दै आएकी छु। सबै उठेर पनि हुँदैन’, नेतृ कोइरालाले […]

सेनिटरी प्याडमा भन्सार महशुल बढाइएको छैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सेनटरी प्याडमा भन्सार शुल्क नबढाएको दावी गरेका छन् । सेनटरी प्याडमा भन्सार शुल्क बढाइएको भन्दै सरकारको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिएका छन् ।अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत् भन्सार महशुल नबढाइएको स्पष्ट पारे । उनले सेनिटरी प्याडको आयातमा आर्थिक वर्ष २०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल यथावत राखिएको […]

कुलमानकाे नियुक्ति विरूद्ध हितेन्द्रदेव सर्वाेच्चमा

काठमाडाैं ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, […] The post कुलमानकाे नियुक्ति विरूद्ध हितेन्द्रदेव सर्वाेच्चमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

उपलब्धि संस्थागत नहुँदा आन्दोलनमा गइरहनुपर्ने बाध्यता : जनकराज शर्मा (भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौंँ ।। राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले जनताको आन्दोलनद्वारा प्राप्त उपलब्धि संस्थागत हुन नसक्दा नेपाली जनता पटक–पटक आन्दोलनमा गइरहनुपर्ने बाध्यता यथावत रहिरहेको बताउनुभएको छ । राजमो काठमाडौँको आयोजनामा २०७७ माघ १० गते गोङगबुमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । ‘जनताको जनान्दोलनले एक खालको उपलब्धि प्राप्त गर्दछ’ कार्यक्रममा प्रमुख अतिथि शर्माले भन्नुभयो– ‘तर आन्दोलनपछि सत्तामा आएको शक्तिले उपर्युक्त उपलब्धिलाई संस्थागत गर्न सक्दैनन् ।’ उहाँले जनान्दोलनपछि सत्तामा आएका शक्तिहरूको असक्षमताकै कारण बारम्बार जनान्दोलनका उपलब्धि गुम्ने गरेको बताउँदै इतिहास खोतल्नुभयो । ‘२००७ सालको राजनीतिक परिवर्तनपछि २०१५ सालको आम चुनावबाट नेपाली काङ्ग्रेसको सरकार बन्यो’ उहाँले भन्नुभयो– ‘तर नेपाली काङ्ग्रेसको सरकारले २००७ सालको उपलब्धि संस्थागत गर्न नसक्दा राजा महेन्द्रले २०१७ सालमा कू गरे ।’ उहाँले त्यसपछि ३० वर्षसम्म नेपाली जनताले निरङ्कुश पञ्चायती कालरात्री बेहोर्न नेपाली जनता विवश भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो । राजमो महासचिव शर्माले त्यसपछि पनि नेपालका सत्ताइतर राजनीतिक दलहरूको राजनीतिक संस्कार नसुध्रिएको दावी गर्नुभयो । ‘२०४६ सालको जनान्दोलनपछि हामीले भन्यौँ, संविधान सभाको चुनाव गरेर सार्वभौमसत्ता जनतामा हस्तान्तरण गरौँ’ उहाँले भन्नुभयो– ‘तर नेपाली काङ्ग्रेस र तत्कालीन वाममोर्चाले हाम्रो सुझाव मानेनन्; र, संविधान सुझाव आयोगबाट संविधान बन्यो ।’ उहाँले स्मरण गराउनुभयो– ‘तपाईंहरूलाई थाहै छ, २०४७ सालको संविधानभन्दा राजा माथि भएकै कारणले २०५९ सालमा फेरि प्रतिगमन भयो; र, त्यसका विरुद्ध जनता फेरि आन्दोलनमा जानुपर्यो ।’ २०४६ सालपछि पनि सत्तासिन पार्टीले पटक–पटक जननिर्वाचित संसद विघटन गर्ने गरेको स्मरण गर्दै महासचिव शर्माले २०७२ सालको संविधानमा जनआन्दोलनको माग नहुँदा नहुँदै पनि जबर्जस्ती सङ्घीयता घुसाइएको दावी गर्नुभयो । ‘२०७२ सालको संविधानले गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता लिपिबद्ध गरेको छ’ उहाँले भन्नुभयो– ‘तर यतिखेर फेरि गणतन्त्रमाथि कालो बादल मडारिइरहेको छ ।’ उहाँले जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर ओली सरकारले फेरि जनान्दोलनको उपलब्धि समाप्त गरेको बताउनुभयो । निस्कर्षमा उहाँले भन्नुभयो– ‘अहिले केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गरेर २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गरेकाले अर्थात् गणतन्त्रमाथि धावा बोलेकाले त्यसका विरुद्ध प्रतिनिधि सभा पुनःस्थापनाका लागि जनता आन्दोलिन हुनुपर्ने अवस्था सृजना ...