काठमाण्डाै – म्यानमारमा भइरहेको प्रदर्शनमा सैन्य सरकारको दमनबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेको छ । बुधवार एकैदिन १३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ८० नाघेकाे समाचार संस्था रोयटर्सले जनाएको छ ।
अहिलेसम्म ज्यान गुमाउनेहरूमा धेरैजसो युवा अवस्थाका मानिस रहेका राष्ट्र सङ्घीय मानव अधिकार आयोगले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घ महासचिवको कार्यालयले विज्ञप्ति निकालेर सैन्य सरकारले हिरासतमा रहेका नागरिकको समेत हत्या गरेको र प्रदर्शनकारीमाथि चर्को दमन गरेर क्रुर रूप देखाएको बताए...