संसारभरी कोरोना भाइरसले खुट्टा पसारेको करिब २० महिना बितिसकेको छ । महामारीको सुरुवाती चरणदेखि हामी दैनिक कोरोनाका नयाँ–नयाँ लहरबारे सुन्दै आएका छौं । पहिलो र दोस्रो लहरको विध्वंश सबैले देखेका छौं र भारतलगायत नेपालमा तेस्रो लहरको आशंका गरिएको छ । तर अब संसारभरी कोरोना खोपको ६ अर्ब डोज मानिसहरुलाई लगाइसकेको अवस्थामा र कोरोनाको प्रभाव पनि कम भइरहेको अवस्थामा संसारभरीका स्वास्थ्य विज्ञले महामारीका लागि रणनीति फेर्नुपर्ने वकालत गरिरहेका छन् ।यी विज्ञले अब लहरको चर्चा बन्द गरेर नयाँ प्रकार