काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगर र शहरी विकास मन्त्रालयले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने भएकाले प्रधानमन्त्रीलाई नै आग्रह गरेका हुन्। उनले भने, ‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो। तर, कतिपय कुरा गर्न दुई निकायले मात्रै सम