२०७४ फागुन ३ गते प्रदेश नम्बर २ को मुख्यमन्त्री पदमा मोहम्मद लालबाबु राउत गद्दीले पद तथा गोपनियताको सपथ लिएका थिए।
भोजपुरी भाषामा शपथ लिएका गद्दीले पछि नेपाली भाषामा आफ्नो धारणा राख्ने क्रममा सुशासन नै सरकारको प्रमुख प्राथमिकता रहेको बताएका थिए।
भ्रष्टाचारमा शुन्य सहनशीलता प्रदेश सरकारको प्रमुख प्रतिबद्धता रहने उनले घोषणा गरेका थिए। तर सरकार सञ्चालनमा साढे ३ वर्षको कार्यकालमा उनले भनेका कुरा भाषणमा मात्र सीमित भएका छन्।
सुशासनको नारा जप्ने मुख्यमन्त्री गद्दीले सुशासनभन्दा पनि कुशासन, भ्रष्टाचार आदिको नेतृत्व गरेको आर...