आज मिति २०७९ साल भदौ महिनाको ३० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. चुनावका लागि सुरक्षा तयारीनिर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरिएको छ । अर्थ मन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ । आफू कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउँछन् । कार्यरत स्थान भन्दा बाहिरको जि