उपभोक्ता अधिकारकर्मीले कोरोना संक्रमित बिरामीबाट निजी अस्पतालले चर्को शुल्क असुलेर कानून उल्लंघन गरेको बताएका छन् ।
अस्पतालहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत न्यून सेवाशुल्क निर्धारण गरी बिरामीको उपचार गर्नुको साटो ‘कमाउ धन्दा’ बनाएको उनीहरूको टिप्पणी छ ।
‘महामारीको अवस्थामा अस्पतालहरूले आफूखुसी शुल्क निर्धारण गर्नु भनेको बिरामीको ज्यानसँग खेलवाड गर्नु सरह हो,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘यस्ता अस्पताललाई तत्कालै कानूनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्छ ...