आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनका लागि १९ बुँदाको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन–पत्र साथ १९ बुँदाको स्वघोषणा गर्नुपर्ने र स्वघोषणाप्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय …