बर्खाभर बाढीपहिरोको उच्च जोखिम भएकाले असार १ देखि भदौ मसान्तसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाउने प्रावधान छ । तर सिन्धुपाल्चोकमा भने अटेर गर्दै केही क्रसर र बालुवा तस्करले दिनरात दोहन गरिरहेका छन् ।
पोखरा – अवैध नदीजन्य पदार्थको चोरी निकासीमा संग्लन सवारीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति कास्कीको रुपा गाउँपालिका–७ पिप्लेमा ढुंगा, गिटी, बालुवा चोरी निकासीमा संग्लन ३ ट्याक्टर र १ टिपर नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नम्बरको ट्याक्टर […]
वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो।
नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५,…
महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालय उत्खनन विरुद्ध कडा रुपमा उत्रिएको छ । पछिल्लो समय प्रहरीले रातु नदी र तटीय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसिबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिइरहेको छ ।प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्खनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारबाही थालिएको हो ।आजमात्र बर्दिबास-७ वाट ना १ क ८३५२ र ना १ क ७३७३ नम्बरका दुई वटा टिपर र बा २ क ८३३५ नम्वरको जेसीविलाई प्रहरीले नियन्त्रण लिएको छ ।
काठमाडौं। मोरङ प्रहरीले नदीमा अवैध उत्खनन् गरेको भन्दै ८ वटा सवारी साधनसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका साधनमा ४ वटा टिपर, ३ वटा ट्याक्टर र एउटा जेसीबी रहेको छ। केराबारी गाउँपालिका–८ खदम खोला, सोही गाउँपालिकाको वडा–७ मा पर्ने मुगु खोला तथा सुन्दर हरैँचा नगरपालिका–५ मा पर्ने बुडी खोला र बेलबारी नगरपालिका(२ स्थित लोहन्द्रा […]
जनकपुरधाम- धनुषा जिल्ला समन्वय समितिले कमला नदीमा ढुंगा-गिट्टी उत्खनन् कार्यमा संलग्न चिनियाँ ठेकेदार कम्पनीका गाडीहरूलाई जरिवाना लिएर छोड्न थालेको छ। गत फागुन १ गते गणेशमान चारनाथ नगरपालिका-५ स्थित कमला नदीमा बिना इजाजत अवैध उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले सात वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको थियो। पूर्व-पश्चिम राजमार्गमा चार लेनको सडक बनाउने ठेक्का पाएको चिनियाँ […]
धनुषाको कमला खोलमा अवैध बालुवा गिट्टी उत्खनन गरिरहेको आरोपमा प्रहरीले एक स्काभेटर र आधा दर्जन भन्दा बढी टिपर नियन्त्रणमा लिएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ५ स्थित कमला खोलामा अवैध बालुवा गिट्टी उत्खनन् गररिरहेको उजुरीको आधारमा प्रहरी चौकी पोर्ताहा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त प्रहरी टोलीले सो स्काभेटर र टिपर नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।यसैबीच सरकारी मोटरसाइकल चोरी गरेको आ