काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ ।
उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् ।
कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्...