क्यालिब्रेशन फ्लाइटका लागि एरो थाईको जहाज नेपाल आइपुग्यो, भोलिदेखि गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीबार अपराहन्न २ः५० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई जानकारी दिए । परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै ४ः४५ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।एरो थाईको जहाज बिहीवार बंगलादेशको ढाका हुँदै काठमाडौँ आएको हो । जहाजले

सम्बन्धित सामग्री

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल : दशैंसम्ममा दैनिक १० उडानको लक्ष्य

काठमाडौं । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल गौतम बुद्धबाट आउँदो दशैंसम्ममा दैनिक १० ओटा उडान गर्ने लक्ष्य राखिएको छ । जेठ २ गते व्यावसायिक उडानको उद्घाटन गर्ने तयारी रहेको यो विमानस्थलमा विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका अधिकारीले चासो देखाएसँगै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल आयोजनाले यस्तो लक्ष्य अघि सारेको हो ।  आयोजनाका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले विभिन्न अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग भैरहवास्थित विमानस्थल कार्यालयमा छलफल भएको जानकारी दिए । उनीहरूले देखाएको सक्रियता र चासोले गर्दा दशैंअघि नै यो विमानस्थलबाट दैनिक १० उडान गर्ने लक्ष्य राखिएको उनले बताए । यो विमानस्थलमा पहिलो अन्तरराष्ट्रिय उडानका लागि कुवेतको वायुसेवा कम्पनी जजिराले अनुमति पाइसकेको छ । यो एयरलाइन्सले साताको सोमवार, बुधवार र शुक्रवार नियमित उडान गर्ने गरी अनुमति पाइसकेको छ । जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रूपमा व्यावसायिक उडान उद्घाटन गर्ने कार्यक्रम छ । ‘सोही दिन विहान जजिराको जहाज १७० यात्रु बोकेर विमानस्थलमा अवतरण गर्नेछ,’ दाहालले भने, ‘कुवेतमा नेपालीको संख्या कम भए पनि त्यहाँ अमेरिका, क्यानडा लगायत देशको ट्रान्जिट रूट पर्ने भएकाले यात्रुको समस्या हुँदैन ।’ यो विमानस्थलबाट अन्तरराष्ट्रिय उडान प्रारम्भिक चरणमै रहेकाले जजिराबाहेक अन्य वायुसेवा कम्पनी पनि आउने तयारीमा रहेको उनको भनाइ छ । उनका अनुसार थाइल्यान्डको एरो थाई, भियतनाम, कम्बोडियाका साथै मलेशिया, फ्लाई दुबई, एयर चाइना र एयर इन्डियाका अधिकारीहरुसँग पनि छलफल भएको छ । स्वदेशी कम्पनी नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सका अधिकारीसँग पनि छलफल भएको उनले बताए । उक्त विमानस्थलमा अहिले भन्सार, अध्यागमन र बैंकका शाखा स्थापना भइसकेका छन् । ‘व्यावसायिक उडानका लागि हामी २ गतेको प्रतीक्षामा छौं,’ दाहालले भने, ‘आन्तरिक कनेक्टिभिटीलाई पनि उत्तिकै प्राथमिकतामा राखिनेछ ।’ निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरासमेतलाई आधार बनाएर उडान गर्दै आए पनि अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नै आन्तरिक र बाह्य उडानको आधारको रुपमा छ । विमानस्थलले एरोड्रम प्रमाणपत्र पनि पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने यो प्रमाणपत्रले अन्तरराष्ट्रिय उडानका लागि थप सहयोग गर्नेछ । यो विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक गन्तव्यहरू पोखरा, सुर्खेत, धनगढी जस्ता क्षेत्रको उडान प्राथमिकतामा राखिएको उनले बताए । बुद्ध सर्किट, खाडी मुलुक जाने बहुसंख्यक नेपालीहरू यो विमानस्थलबाट जाने र लुम्बिनी प्रदेश, गण्डकी, कर्णालीलाई पनि लक्ष्य गरिने उनको भनाइ छ ।  गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा गत फागुनमा क्यालिब्रेशन उडान गरिएको थियो । परीक्षण उडान वैशाखमा गरिएको थियो । २०७१ सालमा निर्माण शुरू भएको यो विमानस्थल ७ वर्षमै सम्पन्न भएर सञ्चालनमा आउँदै छ । जेठ २ गते नै लुम्बिनी विकास कोषको ‘इन्टरनेसनल बुद्धिस्ट कन्फरेन्स हल’ पनि उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उक्त हलको उद्घाटन गर्ने कार्यक्रम छ । बुद्ध जयन्तीको अवसर पारेर मोदी लुम्बिनी भ्रमणमा आउँदै हुनुहुन्छ । मोदी आउने भएपछि बुधवार नै भारतीय सेनाको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको दाहालले जानकारी दिए ।

गौतमबुद्ध विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुँदैछ । बैंककबाट हिजो साँझ भैरहवा आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्यान्ड–एरो थाई) ले विमानस्थलमा परिक्षण उडान गर्ने भएको हो ।

फागुन ६ देखि गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’  हुने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको  उक्त  विमानस्थलमा १० दिनसम्म सो उडान  सञ्चालन हुन लागेको हो । प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’    हुन लागेको जानकारी दिएको हो ।   उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौ