आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रम अनुसार यही माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र विशालसभा आयोजना गरिने बताइएको छ । यस्तै, माघ २६ गते देशव्यापी मसाल जुलुस, माघ २२ गते काठमाडौँमा युवा ¥याली गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन तथा आमसभा गरिने नेकपाले जनाएको छ । माघ १६ गते जुलुससहित श्रद्धाञ्जली तथा माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य सहभागी भएर धर्ना दिने, माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने कार्यक्रम तय गरिएको संघर्ष समितिले जनाएको छ ।