पोखराको सराङकोटबाट सूर्योदयको दृश्यावलोकन गर्न एकाबिहानै पर्यटकको घुँइचो लाग्छ । निजी वा भाडाका सवारीसाधनमा पर्यटक सराङकोट पुग्ने गरेकामा अहिले भने विकल्पका रूपमा आएको केबलकारमा आकर्षण देखिएको छ । अन्नपूर्ण केबलकार प्रालिले गत वर्ष फागुन ६ बाट सञ्चालनमा ल्याएको केबलकार चढेर पर्यटक सूर्योदय हेर्न सराङकोट पुग्छन् ।