केवलकारमा सरर सराङकोट, पोखराबाट ९ मिनेटमै पुग्न थालेपछि सूर्योदय र सूर्यास्त हेर्नेको घुईंचो

पोखरा । पर्यटकीय नगर पोखरा पुग्ने जो कोही सूर्योदय हेर्न होस वा हिमाल अवलोकन गर्न होस, सराङकोट नपुगी रहन सक्दैनन् । ट्याक्सी वा माइक्रो बसमा सराङकोट पुग्न घण्टौ समय लाग्थ्यो । तर अव भने अन्नपूर्ण केवलकार सञ्चालनमा आएसँगै त्यो दुरी १० मिनेट भन्दा कम समयमा सीमित भएको छ । फेवाताल किनार (लेक साइड) बाट सराङकोट पुग्न केवलकारले करीब ३ किलोमिटर दूरी पार गर्नुपर्छ । जुन ९ मिनेटमा पुरा हुन्छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा रहेको तल्लो स्टेसनबाट  अन्नपूर्ण केवलकारले सराङकोट डाँडासम्मको दूरी मात्र ९ मिनेटमा तय गरेर पर्यटकहरुलाई थप सुविधा प्रदान गरेको छ । केवलकार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुँदा सूर्योदय र सूर्यास्त दुबै अवलोकन गर्नेहरूको भीड नै लाग्ने गरेको छ । त्यतिमात्रै नभइ केवलकारबाट फेवाताल, अन्नपूर्ण ,माछापुच्छ्रे लगायतका अन्य हिम श्रृंखला, पुम्दीकोट महादेवको मूर्ति, विश्व शान्ति स्तुपाः, पोखरा शहर लगायतको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । कुल १७ ओटा गोन्डोला रहेकोमा अहिले एउटामा आठ जनासम्म बसेर अवलाकन गर्न सकिन्छ । केवलकारको यात्रा गर्न नेपालीहरुका लागि प्रति व्यक्ति ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर शुल्क निर्धारण गरिएको छ । विद्यार्थीका लागि २५ प्रतिशत छुट छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । हालसालै केवलकारले स्वदेशी तथा विदेशी पर्यटकहरुको सुविधाका लागि केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा समेत सञ्चालनमा ल्याएको छ । पर्यटकीय नगरी पोखरामा अन्नपूर्ण केवलकारले एक नयाँ आयाम थपेको छ । सुनिल शर्मा / आर्थिक अभियान

सम्बन्धित सामग्री

राष्ट्रपति रनिङ शिल्डः सूर्योदय मावि पहिलो

सिमकोट – अदानचुली गाउँपालिकामा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सूर्योदय मावि पहिलो भएको छ। गाउँपालिकाका चार माविबीच भएको प्रतियोगितामा उक्त मावि सबैभन्दा बढी पदक हात पार्दै पहिलो भएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाहीले सूर्योदय मावि पहिलो भएको बताए। त्यसैगरी, कैलाश पुरी मावि द्वितीय, ज्ञानोदय तृृतीय र सल्लाघारी मावि सान्त्वना हुन सफल […]

कीर्तिपुर र ग्रान्डीलाई सूर्योदय बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– तेस्रो सूर्योदय एसइइ खुला बास्केबल प्रतियोगितामा कीर्तिपुर क्लब र ग्रान्डी स्पोर्टस सेन्टर विजयी भएका छन् । सूर्योदय अवासिय मावि डिल्लीबजार को आयोजना भएको प्रतियोगिताको पुरुषतर्फ प्रतिस्पर्धात्मक फाइनलमा एनपी लायन्सलाई २१–२० ले हराउँदै कीर्तिपुर क्लब च्याम्पियन बनेको हो । आइतबार नै महिलातर्फको प्रतिस्पर्धात्मक फाइनलमा ग्रान्डी स्पोर्टसले आएसए नेपाललाई ७–६ ले पराजित गर्यो । […]

घुमघाम : सूर्योदय दृष्यका लागि प्रख्यात श्रीअन्तु

इलामको सूर्योदय नगरपालिकामा पर्ने श्रीअन्तु सांस्कृतिक तथा प्राकृतिक सुन्दरताले अन्माउन लागेको दुलही जस्तै सिँगारिएको छ । समुद्री सतहबाट करिब २३०० मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनको लागि देशकै पहिलो गन्तव्यका रूपमा परिचित छ । दृष्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि अत्यन्त आकर्षक दृश्य देखिन्छ । पशुपतिनगर र फिक्कलबाट करिब चौध किलोमीटरको दुरीमा पर्दछ यो । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकको पहिलो रोजाइमा पर्

सूर्योदय

ऐतिहासिक दोलखा भीमेश्वर मन्दिर परिसरबाट देखिएको सूर्योदय । तस्बिर : रत्न श्रेष्ठ/रासस

सूर्योदय मेयरकप राष्ट्रिय कराते प्रतियोगिता शुरु

इलाम : खेलको माध्यमबाट पर्यटन प्रवर्धनको उद्देश्यका साथ इलाममा प्रथम सूर्योदय मेयर कप राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ।सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा शुरु भएको प्रतियोगितामा आज पहिलो चरणको खेल सम्पन्न भएको हो। फिक्कलको कान्दुक फुटसल एरिनामा फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ इभेन्टमा ७ वटा प्रदेशका ८० जना खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा पुरुष कुमुतेतर्फ पुरुषको ५० केजीदेखि ६५ केजी माथिको ५ तौल समूहका खेलाडीले स

हाँडीकोटबाट देखिएको सूर्योदय

बागलुङको जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन थालेपछि त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न थालेका छन् । तस्बिर : रामबहादुर थापा/ रासस

सूर्योदय र लिम्पिया सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सूर्योदय र लिम्पिया नेसनल कलेज प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जोरपाटीको नयाँ बस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विद्या विकासलाई ३७–२३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । लिम्पियाले बृहस्पतिलाई ४१–१८ ले पन्छायो । लिम्पियाको जितमा संगम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक […]

कुहिरो र सूर्योदय

बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट बागलुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय । तस्बिर : जमुनावर्षा शर्मा/रासस

सूर्योदय र डाफोडिल बास्केटबलको प्रि–क्वाटरफाइनलमा

सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ अङ्कले पराजित गर्यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ अङ्कले तथा विल्सनलाई १६–१० अङ्कले हरायो । ब्वाइजतर्फ ...