न्यायाधीश मीरा खड्का भन्छिन्– जन्म मितिका विषयमा भ्रममा नपर्नुस्

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिका विषयमा आएका समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेकी छन् । विभिन्न सञ्चारमाध्यममा आएका समाचारले भ्रम सिर्जना गरेको भन्दै उनले विज्ञप्ति जारी गरेकी हुन् ।  “एस.एल.सी.लगायत मेरा सम्पूर्ण शैक्षिक तहका प्रमाणपत्रहरुमा मेरो जन्म मिति वि.सं. २०१४ साल जेठ २ भन्ने नै उल्लेख छ...

सम्बन्धित सामग्री

न्याय परिषद्ले गऱ्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस

सोमबार बसेको न्याय परिषद्को बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ । परिषद्का अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार, कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, सदस्यहरु रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सम्मिलित बैठकले ४६७ जनालाई निर्वाचनमा खटाउन सिफारिस गरेको हो । न्याय परिषद् बैठकबाट आगामी स्थानीय तह निर्वाचनका लागि प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि निर्वाचन आयोगलाई सिफारिस

न्याय सेवा आयोगको बैठक सुरू, सबै सदस्य उपस्थित

न्याय सेवा आयोगको बैठक सुरू भएको छ । बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खातीको उपस्थिति रहेको छ ।यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएका तीनवटा बैठक कानुनमन्त्री, वरिष्ठतम् न्यायाधीश र महान्यायाधिवक्ताले बहिष्कार गर्दा कोरम नपुगेर स्थगित हुने गरेको थियो । आजको आयोगको बैठकले यसअघि लोकसेवा आयोगमार्फत लिइएको जिल्ला न्यायाधीश पदको न

सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारसहित दुई दर्जनमा कोरोना संक्रमण

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का सहित २४ जनालाई कोरोना पुष्टि भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना लागेको आशंकामा ३० जना कर्मचारीले परीक्षण गराएकोमा अधिकांशमा लक्षण देखिएको प्रवक्ता दाहालले बताउनु भयो । न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना […]

सर्वोच्चका न्यायाधीश खड्का र मुख्य रजिष्ट्रारसहित २४ जनालाई कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार २४ जनालाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको जानकारी दिए।न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको दाहालले बताए। कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या भएको छ।प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमि

सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको जन्म मिति ‘दुईथरी’

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का तत्कालीन पुनरावेदन अदालतको मुख्य न्यायाधीशमा बढुवा भएलगत्तै जन्ममिति परिमार्जन भएको भेटिएको छ, जसका कारण उनी १ जेठ २०७९ मा अवकाश हुनेछिन् ।

एमसीसीको विरोध गर्दैमा कसैलाई नथुन्नु : सर्वोच्च

सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सम्बन्धमा टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार एमसिसीबारे सकारात्मक, नकारात्मक वा समीक्षात्मक टिप्पणी गरेको आधारमा कसैलाई पनि कारबाही नगर्न आदेश दिएको हो । गत भदौ १८ मा एमसिसिबारे गृह मन्त्रालयले जारी गरेको […]

संवैधानिक इजलासमा आज नागरिकता अध्यादेश विरुद्धको सुनुवाइ

काठमाण्डौं : सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८  विरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ। गत आइतबारबाट भएको सुनुवाइ हेर्दाहेर्दैमा राखिएकाे थियो।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ समयमा अभावका कारण बिहीबारलाई राखिएको हो।सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ जारी गरेकी थिइन्।  अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा ६

प्रतिबन्धित नेकपाका बास्तोला अदालत परिसरबाट पक्राउ, काभ्रे लैजाने तयारी

प्रतिबन्धित नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतबाट रिहा हुनेबित्तिकै पुनः पक्राउ परेका छन् । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई सोमवार अपराह्न रिहा गर्ने आदेश दिएको थियो । रिहापछि अदालत गेटबाटै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेको हो । गिरफ्तारीपछि उनलाई महानगरीय प्रहरी परिसर ल्याएर राखिएको छ । बास्तोलामाथि काभ्रेमा मुद्दा विचाराधीन छ । परिसर स्रोतले उनलाई काभ्रे पठाउने तयारी रहेको बताएको छ ।