कामु प्रधानन्यायाधीशले पनि संवैधानिक इजलासको नेतृत्व गर्न सक्ने भन्दै गणेश रेग्मीको रिट खारेज

प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्ने रट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । बुधबार बसेको संवैधानिक इजलासले उक्त रिट खारेज गर्दै प्रधानन्यायाधीशबिना पनि संवैधानिक इजलास गठन हुन सक्ने बाटो खोलेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित वरिष्ठतम् न्यायाधीश मीरा खड्का, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उक्त अध्यादेशका आधारमा