काठमाडौं : नेपालमा पहिलोपटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। पशु सेवा विभागका अनुसार गत चैतमा काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बंगुरमा उच्च मृत्युदर देखा परेपछि त्यहाँबाट नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो।त्यहाँ मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अप्रिकन स्वाइन फिभर पुष्टि भएको विभागले जनाएको छ।‘गत २ जेठमा यो रोग नेपालमा भएको पहिलोपटक पुष्टि भएको हो। त्यसपछि काठमाडौँकै कागेश्वरी, मनहरा, कीर्तिपुर, च